Skip to content

follow us

baglungkhabar.tv

21st June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सडक मर्मत गर्न तित्याङबासीद्वारा नगरप्रमुख र वडाअध्यक्षलाई ध्यानाकर्षण

bk logo final png
  • बागलुङ खबर
  • ५ फाल्गुन २०८१, सोमबार ०९:०५

बागलुङ, ५ फागुन । सडक मर्मत नहुँदा जोखिम बढेकोले तत्काल मर्मत गर्न माग गर्दै बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङका स्थानीयहरुले नगरप्रमुख र वडाअध्यक्षलाई ध्यानाकर्षण गराएका छन् ।

आईतबार बागलुङ नगरपालिकाको कार्यालयमा पुगेका तित्याङका स्थानीयहरुले नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र वडाअध्यक्ष राजु थापालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

तित्याङको हेल्थपोष्ट अड्डाँडा, खानीगाउँ हुँदै डोयसम्म जाने सडकको (खोलाटे) खण्ड र भुजाकाटे, गामा, अड्डाँडा हुँदै टिमुरबोट जाने बाटो (उतिस्ने गैरो) खण्डको सडक र अन्य क्षेत्रमा पनि बाटो अतिनै गम्भिर र जटिल बनेको तथा यात्रा गर्न गाह्रो अवस्था सिर्जना भएको भन्दै स्थानीयहरुले जनप्रतिनिधिहरुलाई ध्यानकर्षण गराएका हुन् ।

सडक मर्मतको लागि दबाब सिर्जना गर्न गतमाघ १२ गते तित्याङका कुवापानी, फुल्पाती, गामा, अड्डाँडा, खानीगाउँ, डोय, टिमुरबोटका १ सय ९० घरधुरीको आमभेलाले सन्देश जि.सीको अध्यक्षतामा २४ सदस्य सहक उपभोक्ता समिति गठन गरेको थियो । उक्त समितिको माघ २३ गते बसेको बैठकले ध्यानकर्षण गराउने निर्णय गरेको र सोही निर्णय बमोजिम आईतबार नगरप्रमुख श्रेष्ठ र वडाअध्यक्ष थापालाई ध्यानकर्षण पत्र बुझाएको अध्यक्ष जि.सीले बताउनुभयो । उहाँले पहिलो चरणमा स्थानीयहरु सशरिर नगरपालिकामा उपस्थित भएर ध्यानकर्षण गराएको बताउनुभयो ।

अध्यक्ष जिसी लामो समयसम्म सम्बन्धित निकायको कुनै ध्यान नपुगेको हुँदा ध्यानकर्षण गराउन बाध्य बनेको बताउनुभयो ।

ध्यानकर्षण पत्र बुझ्दै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले वडाका सडकहरुको स्तरोन्नति गर्ने बताउनुभयो । उहाँले नगरपालिकाले वर्षेनी ग्रामिण सडकको स्तरोन्नति गरिरहेको र यस वर्ष पनि गरिने बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

भर्खरै

बागलुङमा ‘शून्यदेखि पूर्णतासम्म’ नामक पुस्तक विमोचन

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki