Skip to content

follow us

baglungkhabar.tv

16th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

bk logo final png
  • बागलुङखबर
  • १५ श्रावण २०८३, शुक्रबार ०७:४४

 काठमाडाैँ, १५ साउन । पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहण टोली बेपत्ता भएको आशंका गरिएको छ।

पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार मध्याह्नतिर काराकोरम हिमश्रृंखलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकको चुचुरोमा हिमपहिरो गएको थियो। त्यसबेलादेखि टोलीसँग कुनै पनि प्रकारको सम्पर्क हुन सकेको छैन।

बेपत्ता भएको आशंका गरिएको उक्त समूहमा एक अमेरिकी, एक चिनियाँ नागरिक, एक ओमानी र पाँच जना नेपाली पर्वतारोही रहेका छन्। अभियानका नेता पुर्जाले सन् २०१९ मा छ महिनाभन्दा कम समयमै विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर विश्वभर ख्याति कमाएका थिए।

मौसमले साथ दिएमा बेपत्ताहरूको खोजीका लागि हेलिकप्टर प्रयोग गर्ने तयारी गरिएको छ। ब्रोड पिकलाई आरोहणका लागि विश्वकै अत्यन्त चुनौतीपूर्ण र जटिल हिमालहरूमध्ये एक मानिन्छ।

पाकिस्तानको अल्पाइन क्लबले एक विज्ञप्ति जारी गर्दै ‘तत्काल खोज र उद्धार अभियान’ सुरु गर्न सरकारी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएको छ। क्लबले हेलिकप्टर सहयोग सुनिश्चित गर्न हरसम्भव प्रयास गरिएको र उपलब्ध सबै स्रोतसाधन सकेसम्म चाँडो परिचालन गरिएको जनाएको छ।

क्लबले भन्यो, ‘सबै पर्वतारोहीहरूको सुरक्षा र सफल उद्धारको निम्ति प्रार्थना गर्दछौँ र यस कठिन समयमा उनीहरूको परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायसँग ऐक्यबद्धतामा उभिएका छौँ।’

पुर्जाले सन् २००३ मा बेलायती सेनामा सेवा सुरु गरेका थिए भने सन् २००९ मा रोयल मरिन बनेका थिए। उनले सन् २०१८ मा उच्च जोखिमपूर्ण वातावरणमा असाधारण सैन्य सेवा पुर्‍याए बापत महारानी एलिजाबेथ द्वितीयाबाट ‘एमबीई’ सम्मान प्राप्त गरेका थिए।

साथै, नेटफ्लिक्स वृत्तचित्र ‘१४ पिक्स: नथिङ इज इम्पोसिबल’ मा अभिनय गरेर उनी विश्वभर झन् लोकप्रिय बनेका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki