Skip to content

follow us

baglungkhabar.tv

8th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

  • २१ फाल्गुन २०८२, बिहीबार १४:५६

बागलुङ, २१ फागुन । बागलुङमा करिव ४० प्रतिशत सम्पन्न भएको छ ।

बिहिबार विहानदेखि सुरु भएको मतदान कार्य दिउँसो १ः३० बजेसम्म करिव ४० प्रतिशत सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले बताउनुभयो ।

उहाँले जिल्लाभर उत्साहजनक रुपमा मतदान भइरहेको बताउँदै हालसम्म करिव ४० प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिनुभयो ।

अहिले जिल्लाभरि मतदान शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा भइरहेको छ । मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उल्लेखनीय उपस्थिति देखिएको छ । युवादेखि ज्येष्ठ नागरिकसम्म उत्साहका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।

निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन सुरक्षा निकाय तथा निर्वाचनकर्मी सक्रिय रूपमा खटिएका छन् । हालसम्म कुनै अप्रिय घटना नभएको र मतदान प्रक्रिया सहज रूपमा अगाडि बढिरहेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

बागलुङमा एक लाख ९३ हजार ३८१ मतदाता रहेका छन् । पुरुष ९८ हजार ५७४, महिला ९४ हजार ८०६ र र अन्य एक जना मतदाता रहेका छन् ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बागलुङमा क्षेत्र नम्बर १ मा धेरै मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माका अनुसार क्षेत्र नम्बर १ मा ९८ हजार ४६ जना र क्षेत्र नम्बर २ मा ९५ हजार ३३५ जना मतदाता रहेको छन् । निर्वाचनका लागि १ सय ७ मतदानस्थल र २ सय ३० केन्द्रबाट साँझ पाँच बजेसम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङ कारागारमा मतदान सकियो

नेपाली ढाकाको डोरो, हाम्रो पहिचान (कविता)

लोकप्रिय

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

भर्खरै

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki