Skip to content

follow us

baglungkhabar.tv

23rd October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

bk logo final png
  • बागलुङखबर
  • ४ कार्तिक २०८३, मंगलवार २२:३५

पर्वत, ३ कात्तिक । पर्वतको जलजला गाउँपालिका–७, बास्बोटमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको देउराली मन्दिर पुनर्निर्माण गरिएको छ।

स्थानीय तथा प्रवासमा रहेका बास्बोटवासी र जलजला गाउँपालिकाको संयुक्त आर्थिक सहयोगमा करिव १९ लाख लागतमा मन्दिरको पुनर्निर्माण सम्पन्न भएको हो।

मन्दिर पुनर्निर्माणका लागि स्थानीय तथा प्रवासमा रहेका बास्बोटवासीबाट ९ लाख रुपैयाँ र जलजला गाउँपालिकाबाट ९ लाख रुपैयाँ गरी कुल १८ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको थियो।

लस्ती–बास्बोट–घाखेत सडकका कारण जोखिममा परेको ऐतिहासिक देउराली मन्दिरको संरक्षण गर्ने उद्देश्यले पुनर्निर्माण आभियान संचालन गरिएको हो।

सडक निर्माणका क्रममा मन्दिर जोखिममा परेपछि यसको संरक्षण तथा पुनर्निर्माणको आवश्यकता महसुस गरि स्थानिय संग सहयोग शंकलन थालेपछि गाँउपालिकाले पनि सडकको कुनामा रिटेनीङवाल लगाउन ९ लाख सहयोग गरेको थियो।

स्थानीयवासी, प्रवासमा रहेका बास्बोटवासीहरुको साथै विभिन्न ठाँउबाट धर्मप्रेमीहरु र गाउँपालिकाको आर्थिक सहयोगमा मन्दिर पुनर्निर्माणको काम गरिएको आर्थिक शंकलन अभियानका संयोजक राम कुमार पौडेलले बताउनु भयो ।

मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि आज विशेष कार्यक्रम आयोजना गरी विधिपूर्वक सेवापूजा गरिएको छ।

सो अवसरमा वोल्दै जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले स्थानीय समुदायको आस्था र विश्वाससँग जोडिएको देउराली मन्दिर बास्बोट क्षेत्रको धार्मिक तथा ऐतिहासिक पहिचानका रूपमा रहेको बताउनु भयो ।

यस्ता धार्मिक सम्पदाले स्थानीय समुदायलाई आफ्नो परम्परा, संस्कृति र मौलिक पहिचानसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्दै बताउदै मन्दिरको पुनर्निर्माणसँगै यसको संरक्षण, धार्मिक गतिविधिको निरन्तरता तथा सांस्कृतिक परम्पराको जगेर्नामा सहयोग पुग्ने धारणा व्यक्त गर्नु भयो।

कार्यक्रममा वर्डा नम्वर ७ का वार्ड अध्यक्ष टुङगनाथ आचार्यले मन्दिर पुनर्निर्माणका लागि स्थानीय तथा प्रवासमा रहेका बास्बोटवासीले देखाएको सहयोग र पालिकाले गरेको आर्थिक योगदानले आफ्नो गाउँठाउँका ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणमा सामूहिक प्रयासको महत्त्वलाई उजागर गरेको बताउनु भयो। आफ्नो जन्मभूमि र गाउँको धार्मिक तथा सांस्कृतिक सम्पदाप्रति चासो राख्दै आर्थिक सहयोग गर्नुले बास्बोटवासीको गाउँप्रतिको सम्बन्ध र सामाजिक उत्तरदायित्वलाई समेत प्रतिबिम्बित गरेको बताउनु भयो।
सर्व सिद्धि धाम पञ्चकोटका अध्यक्षा जगन्नाथ आचार्यले स्थानीय समुदाय, प्रवासी बास्बोटवासी र गाउँपालिकाबीचको सहकार्यबाट सम्पन्न मन्दिर पुनर्निर्माणले आगामी दिनमा पनि गाउँका ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणका लागि सामूहिक पहललाई प्रोत्साहन गर्ने बताउनु भयो।

कार्यक्रममा वडा सदस्य लक्ष्मी आचार्य, समाजसेवी युवा मनोहर आचार्य, स्थानिय हिमाल प्रसाद आचार्य, रमेश आचार्यले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

बास्बोट देउराली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुस्कल आचार्यको अध्यक्षता उपाध्यक्ष राम कुमार पौडेलको स्वागत र सचिव कमलनयन आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

कालिका मन्दिरमा भक्तजन बढे

लोकप्रिय

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

कालिका मन्दिरमा भक्तजन बढे

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki