Skip to content

follow us

baglungkhabar.tv

27th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जिल्ला लिग फुटबलमा गुठी युनाइटेड र बाल जीवनको जित

  • अर्जुन कार्की
  • १ जेष्ठ २०८१, मंगलवार १९:४७

बागलुङ : जिल्ला लिग फुटबल प्रतियोगितामा गुठी युनाइटेड र बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब)ले विजय सुरुवात गरेका छन्।

मंगलबार भएको पहिलो खेलमा गुठी युनाइटेडले रामरेखा फुटबल क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्‍यो। सुरुवातदेखि आक्रमण खेलेको गुठीले १२ औं मिनेटमा निरज थकालीको गोलबाट अग्रता लिएको थियो। मनिष श्रेष्ठले प्रहार गरेको कर्नर बललाई निरजले सुन्दर हेडिङ गोल गरेका थिए।

गुठीका लागि खेलको १७ औं मिनेटमा मनिष श्रेष्ठ, ५२ औं मिनेटमा निशान गुरुङ र अतिरिक्त समयमा जितेन्द्र पुनले गोल गरेका थिए। रामरेखाका लागि नरेश पुनले खेलको ६४ औं मिनेटमा गोल गरेका थिए। जितसँगै गुठीले तीन अंक जोड्दै समूहको शीर्षस्थानमा पुगेको छ।

यस्तै मंगलबार नै भएको दोस्रो खेलमा बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब)ले वीर गोर्खाली युवा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो। चिल्ड्रेन लाइफका लागि निश्चल महत र विजय छिनालले १/१ गोल गरेका थिए। निश्चलले दोस्रो हाफको ५ औं र विजयले २२ औं मिनेटमा गोल गरेका थिए। जितसँगै चिल्ड्रेन लाइफले तीन अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ।

प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल हुनेछन्। पहिलो खेल बागलुङ कालिका युवा क्लब (बागलुङ सुधार केन्द्र) र पावर फिटनेस क्लब बीच हुनेछ भने दोस्रो खेल रुद्रेपिपल युवा क्लब र कालिका भगवती युवा क्लब बीच हुने आयोजक बागलुङ जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले जानकारी दिए।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki