Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु

bk logo final png
  • बागलुङखबर
  • ३० जेष्ठ २०८३, शनिबार २०:१९

बागलुङ , ३० जेठ । ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङको आयोजना, ताराखोला गाउँपालिकाको आर्थिक सहयोग र ताराखोला मिडिया प्रा.लि को समन्वयमा २ दिने तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर बि.क हिमालले तालिमले विद्यार्थीलाई ग्रामीण भेगमा पत्रकारिता प्रति आकर्षण गर्ने बताउनुभयो ।

तालिमले सहयोग पुर्याउने विश्वास गर्ने भन्दै उहाँले पत्रकारिता सँगसँगै नेतृत्व विकास र उद्घोषण कला पनि सबैका लागि आवश्यक रहेको बताउनुभयो । अध्यक्ष बि.कले आगामी वर्षमा हरेक विद्यालय तहमा यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा ताराखोला गाउँपालिकाका उपाध्यक्ष भिम बहादुर रोका, प्रमुख प्रशासकीय अधिकृत विमल रिजाल, ताराखोला मिडिया प्रा.लि का अध्यक्ष संगम घर्तीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

तालिममा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा स्थानीय युवाहरुको सहभागिता रहेको छ ।

कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, उपाध्यक्ष सिर्जना पन्तको स्वागत र सचिव नारायण रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिमको सहजिकरण महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, उपाध्यक्ष सिर्जना पन्त, सचिव नारायण रिजाल, सदस्य तथा कान्तिपुर दैनिकका उपसम्पादक प्रकाश बराल र ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहोराले गर्नुभएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki