Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बिदेशी बजारमा पुग्छ बागलुङ सिगानाको अकबरे खुर्सानी

bk logo final png
  • बागलुङखबर
  • २० आश्विन २०७९, बिहीबार ०७:४५
गलकोट, २० असोज । पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजातीमध्यको एक अकबरे खुर्सानीको सिगानाका किसानहरुले व्यावसायीक उत्पादन थालेका छन् ।

खानाका लागि पिरोसँगै स्वास्थ्यबद्र्धक मानिएको अकबरे खुर्सानीको बागलुङ नगरपालिका–८ का केही किसानले उत्पादन गरेका छन् ।

सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खडकाले तीन वर्षदेखि अकबरे खुर्सानी खेती गर्दै आउनुभएको छ । खड्काले पहिलो वर्ष लगाएको अकबरे खुर्सानीको माग राम्रो आएपछि यो खेतीतर्फ आकर्षित भएको बताउनुभयो ।

उहाँले लगातार दुई वर्षदेखि दुई रोपनी जग्गामा व्यवसायीक रुपमा अकबरे खुर्सानी उत्पादन गर्नुहुन्छ र यसको अचार बनाएर ‘ब्राण्डीङ’ समेत गर्दै आउनुभएको छ ।

“मेरो मुख्य पेसा त सुन्तला खेती हो तर सुन्तला खेतीमा सिजनको कामबाहेक अघिपछि फुर्सद हुन्छ, कृषि भ्रमण तथा अवलोकनको समयमा व्यवसायिक रुपमा अकबरे खुर्सानी खेती गरेको देखेर तीन वर्षअघि पर्वत जिल्लाको पातीचौरबाट एक सय बिरुवा लिएर लगाएको थिएँ” कृषक खड्काले भन्नुभयो “अहिले अकबरे खुर्सानीको हरियो दाना केजीको रु चार सय ५० र अचार बनाएर ‘प्याकेजीङ’ गरेको आधा केजीको रु रु चार सय ५० मा विक्री गर्दै आएको छु, यहाँको अचार कोसेली बनेर युरोप, अमेरिका र अष्ट्रेलिया पुगिसकेको छ ।”

खड्काले खुल्ला स्थानमा भन्दा प्लाष्टिक टनेलमा राम्रो गुणस्तरको खुर्सानी फल्ने गरेको अनुभव सुनाउनुभयो । उहाँले पाकेको अकबरे खुर्सानी सुकाएर बनाएको अचार सहकारीको लोगो राखेर प्याकेजिङ गरेर विक्री वितरण गर्दा दुईदेखि तीन वर्षसम्म स्वस्थ नै हुने बताउनुभयो । उहाँका प्लाष्टिक टनेलमा अहिले करिब आठ सय अकबरे खुर्सानीका विरुवा छन् ।

उत्पादन भएका खुर्सानी स्थानीय श्रीगणेश कृषि व्यवसायिक सहकारी संस्थाको ब्राण्डमा विक्री गर्ने गरिएको छ । उहाँले सहकारीमार्फत् संस्थाका शेयर सदस्यलाई अकबरे खुर्सानीका बिरुवा वितरण गरिएको सहकारीले जनाएको छ । ख्डकाले यो वर्षमा रु एक लाखको अकबरे खुर्सानी विक्री गर्ने लक्ष्य राख्नुभएको छ ।

अकबरे खुर्सानीको स्वदेश र विदशेमा माग बढ्दै गएपछि स्थानीय किसान सुरेन्द्र खड्का र शिव खड्कसमेतले अकबरे खुर्सानी उत्पादन गर्न थाल्नुभएको छ । तीन जना कृषकलेनै उत्पादन गरेको खुर्सानी सहकारीको ब्राण्डमा अहिले अचार बनाएर बजार पठाउने गर्नुभएको छ ।

सहकारीले एक हजार आठ सय खुर्सानीका विरुवा आगामी वर्ष वितरण गर्ने र सहकारीमार्फत् ब्राण्ड बनाएर विक्री गर्ने योजनामा सहकारीको रहेको सो सहकारीका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । यस वर्ष रु ५० हजारको अकबरे खुर्सानीको अचार विक्री गर्ने लक्ष्य रहेको शिव खड्काले बताउनुभयो ।

भान्सामा स्वाद र पिरोका लागि रुचाइएको अकबरे खुर्सानीको पछिल्लो समयमा स्वदेशी र बिदेशी बजारमा पनि माग बढ्दै गएको उहाँहरुको भनाइ छ । अकबरे खुर्सानी बढी पिरो हुने भएपनि स्वास्थ्यमा असर नगरेर फाइदा गर्ने भएकाले उपभोक्ताको रोजाइमा उक्त खुर्सानी पर्दै आएको यसका किसानहरुको अनुभव छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

आर्थिक साझेदारी विस्तार तथा द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिन आग्रह

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

ग्रेस इन्टरनेसनल बागलुङको शिक्षा मेला

भर्खरै

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki