Skip to content

follow us

baglungkhabar.tv

24th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजा गरी मनाइदै

bk logo final png
  • bk
  • १७ श्रावण २०७९, मंगलवार १३:०२

बागलुङ,श्रावण १७। प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइएको छ ।

घरको मूल ढोकामा नागको चित्र टाँसी नाग पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिने विश्वास छ । साथै प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवसहित अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको बताइन्छ ।

त्यसैले आज नेपालीहरुले घरमा नागको चित्र टाँसेर नागपूजा गरेका छन् । साथै काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी, देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिएको छ ।

अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

होटल तथा रेष्टुरेन्ट व्यवसायीको १ लाख ४५ हजार सहयोग

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु

ब्लु हिल निर्माणको काम तीव्र गतिमा (तस्विरहरु)

भर्खरै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

कालिका मन्दिरमा भक्तजन बढे

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki