Skip to content

follow us

baglungkhabar.tv

26th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

तेस्रो चिल्ड्रेन लाईफ कप फुटबल प्रतियोगिता फागुन १० गतेदेखि हुने

bk logo final png
  • बागलुङ खबर
  • ७ फाल्गुन २०८०, सोमबार १८:४१

बागलुङ, ७ फागुन । तेस्रो चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता बिहिबारदेखि सुरु हुने भएको छ । चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको आयोजना र चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलको सहआयोजनामा फागुन १० गतेदेखि १२ गतेसम्म प्रतियोगिता हुन लागेको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराईएको छ ।

चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबका अध्यक्ष नवराज श्रेष्ठले राष्ट्रिय खेलाडी उत्पादन गर्ने सुरुवाती उद्गमस्थल विद्यालय भएकाले विद्यालय केन्द्रित प्रतियोगितालाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले २०७५ सालमा प्रथम र २०७६ सालमा दोस्रो चिल्ड्रेन लाईफ कप प्रतियोगिता सम्पन्न गरिएपनि केहि वर्ष कोभिड र क्लबको आन्तरिक कारणले प्रतियोगिता संचालन गर्न नसकिए बताउँदै यस वर्षदेखि पुनः निरन्तरता दिन लागिएको जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठले जिल्लाको खेलकुदको विकास गर्दै आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउनु प्रतियोगिताको उद्देश्य रहेको बताउँदै बताउनुभयो । प्रतियोगिताले नवप्रतिभावान फुटबल खेलाडीहरुको अन्तर्निहित खोल कौशल प्रदर्शन गर्ने उचित अवसर प्रदान गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । उहाँले विद्यालयहरु विचको सम्बन्ध, सहकार्य र भाइचारालाई विकास र विस्तार गर्नको लागि विद्यालय स्तरिय प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ४४ हजार ४ सय ४४ रुपैयाँ र २२ हजार २ सय २२ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक जीवन रोका क्षेत्रीले बताउनुभयो । प्रतियोगितामा विद्यागत तर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड सहित प्रत्येक खेलको म्यानअफदि म्याच, सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई पुरस्कृत गरिने छ । यस्तै फ्यान अफदि म्याचको पुरस्कार समेत प्रदान गरिने संयोजक रोकाले बताउनुभयो ।

प्रतियोगिता संयोजक रोकाले प्रतियोगिता संचालनको लागि ४ लाख २४ हजार १सय ६६ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताउँदै प्रतियोगिता संचालनको लागि क्लबका शुभचिन्तकहरुले सहयोग प्रदान गरेको जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठले प्रतियोगितामा १२ देखि १५ टिमको सहभागिता रहने अनुमान गरिएको बताउँदै कक्षा १२ सम्म नियमित अध्ययनरत विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउने बताउनुभयो । नकआउट चरणमा खेलाइने प्रतियोगिताका सम्पूर्ण खेलहरु बागलुङ नगरपालिका–१ को बाङ्गेचौर खेलमैदानमा हुने आयोजकले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

पहिरोमा परि एक जनाको मृत्यु

बागलुङमा वर्षासँगै पहिरो, दुई राजमार्ग अवरुद्ध

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki