Skip to content

follow us

baglungkhabar.tv

22nd November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • बागलुङखबर
  • ५ मंसिर २०८३, शुक्रबार १७:५३

बागलुङ, मंसिर ४ बागलुङ। राष्ट्रिय कर सप्ताह–२०८३ को अवसरमा बागलुङमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

आन्तरिक राजस्व कार्यालय बागलुङको आयोजना तथा बागलुङ उद्योग वाणिज्य संघको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। मंसिर १ गतेदेखि सुरु भएको राष्ट्रिय कर सप्ताहअन्तर्गत बागलुङका उद्योगी तथा व्यवसायीलाई लक्षित गरी करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा कर कानुन, कर दाखिला प्रक्रिया, कर छुटका व्यवस्था तथा कर प्रणालीमा भएका पछिल्ला नीतिगत सुधारबारे जानकारी गराइएको थियो।

कार्यक्रममा सहजीकरण गर्दै कर अधिकृत राजन सापकोटाले सरकारले हालै ल्याएको आर्थिक विधेयक २०८३ मार्फत करको दायरा विस्तार, नयाँ राजस्वका प्रावधान तथा विभिन्न कर छुटका व्यवस्था गरिएको जानकारी दिनुभयो। उहाँले आन्तरिक राजस्व कार्यालय बागलुङले पनि विभिन्न शीर्षकमा राजस्व छुटको व्यवस्था गरेको बताउनुभयो।

विधेयकको दफा ४० मा आयकरको ब्याज तथा शुल्क मिनाहासम्बन्धी विशेष व्यवस्था रहेको उल्लेख गर्दै सापकोटाले विगतमा स्थायी लेखा नम्बर ९एब्ल्० नलिई करयोग्य आय आर्जन गरेका व्यक्तिले स्थायी लेखा नम्बर लिएर आर्थिक वर्ष २०७९र०८० देखि २०८२र०८३ सम्मको आय विवरण २०८३ पुस मसान्तभित्र दाखिला गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालले कर तिर्नु प्रत्येक नागरिकको कर्तव्य मात्र नभई देश विकासको मेरुदण्डसमेत भएको बताउनुभयो। उहाँले कर प्रशासनलाई प्रविधिमैत्री र करदातामैत्री बनाउँदै लगिएको उल्लेख गर्दै समयमै कर विवरण बुझाउन तथा कर तिरेर राज्य निर्माणमा योगदान पुर्‍याउन सबै व्यवसायीलाई आग्रह गर्नुभयो।

अन्तरक्रियाका क्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यलगायत सहभागी उद्योगी तथा व्यवसायीहरूले कर दाखिला गर्दा भोग्नुपरेका व्यावहारिक कठिनाइ, भ्याट तथा आयकरसम्बन्धी नीतिगत अस्पष्टता र कर छुटका प्रावधानबारे जिज्ञासा राखेका थिए।

उनीहरूले करको दायरा विस्तार, करसम्बन्धी योजनाको प्रभावकारी कार्यान्वयन, डिजिटल कर सेवाको प्रवर्द्धन तथा बिल लिने–दिने संस्कृतिको विकासका लागि व्यापक प्रचारप्रसार आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ सदस्य संजय श्रेष्ठको अध्यक्षता, द्वितीय उपाध्यक्ष केशव ओझाको स्वागत मन्तव्य तथा महासचिव इन्द्रमणि पौडेल अर्जुनको सञ्चालनमा सम्पन्न भएको थियो।

अन्तरक्रिया कार्यक्रमपछि बागलुङ बजारका विभिन्न पसलमा पुगेर व्यवसायीहरूलाई कर प्रणालीबारे जानकारी गराउनुका साथै करदाता सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।

Share

प्रतिक्रिया

थप समाचारहरु

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

जनता सँगै चुनावमा हुन्छु : देउवा

 हरिबोधनी एकादशी मेला, भलिबलका चार खेल सम्पन्न

लोकप्रिय

बन्दीलाई दशैँ मनाउन खसी उपहार

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपति र जेनजी प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने

भर्खरै

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

 हरिबोधनी एकादशी मेला, भलिबलका चार खेल सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki