बागलुङ ,७ मंसिर । बागलुङमा कर सप्ताह सम्पन्न भएको छ । बागलुङमा राष्ट्रिय कर दिवस २०८३ सप्ताह व्यापीरूपमा कार्यक्रम गरी सम्पन्न भएको हो ।
कर सप्ताह कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानित गरिएको छ ।
बागलुङमा आर्थिक वर्ष २०८१र०८२ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड सम्मानित भएको छ। घलेम्दी हाइड्रो लिमिटेड दोस्रो र पर्वतको दि क्लिफ प्रा।लि। तेस्रो स्थानमा पर्दै सम्मानित भएका छन्।
राष्ट्रिय कर दिवस–२०८३ को अवसरमा आन्तरिक राजस्व कार्यालय बागलुङले आयोजना गरेको कर सप्ताह समापन तथा करदाता सम्मान समारोहमा तीनै संस्थालाई सम्मान गरिएको हो।
बागलुङमा केन्द्रीय कार्यालय स्थापना गरी वित्तीय कारोबार सञ्चालन गर्दै आएको ग्रिन डेभलपमेन्ट बैंक सबैभन्दा बढी २ करोड ६५ लाख ८१ हजार ५ सय ३३ कर तिरि
आयकर दाखिला गर्ने करदाता बनेको हो। ७८ लाख ९४ हजार ६ सय ७२ कर तिरि म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको घलेम्दी हाइड्रो लिमिटेड दोश्रो पर्वतको कुश्मा नगरपालिका–५ मा मुख्य कार्यालय रहेको दि क्लिफ प्रा।लि।ले २८ लाख १२ हजार ३ सय ४३ कर दाखिले गरेर तेस्रो स्थानमा रहेको ।
सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालले सम्मानित संस्थाका प्रतिनिधिहरूलाई सम्मानपत्र तथा दोसल्लाले सम्मान गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले कर तिर्नु कानुनी दायित्व मात्र नभई राष्ट्रप्रतिको जिम्मेवारीसमेत भएको बताउनुभयो। पर्यटन, जलविद्युत् तथा खानीका क्षेत्रमा प्रचुर सम्भावना रहेको धौलागिरि क्षेत्रको विकासले निजी क्षेत्र र राज्य दुवैलाई आर्थिक लाभ पुग्ने उल्लेख गर्दै उहाँले क्षेत्रको विकासमा सबै पक्ष सक्रिय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कर प्रणालीलाई थप सुदृढ बनाउँदै राजस्व संकलन वृद्धि गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, अधिकृत विक्रेता संघ गण्डकी प्रदेश अध्यक्ष बद्री ढुङगाना, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, सम्मानित ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि वहादुर वुढाथोकी र दि क्लिफ प्रा.लि.का डाइरेक्टर राजन जोसीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
आन्तरिक राजस्व कार्यालय बागलुङका कर अधिकृत हिमाल शर्मा भुलले कार्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत कपिल सिलवालको अध्यक्षता, कर अधिकृत राजनमणि शर्माको स्वागत मन्तव्य तथा कर अधिकृत राजन सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
आन्तरिक राजस्व कार्यालय बागलुङले मंसिर १ गतेदेखि विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय कर दिवस तथा कर सप्ताह–२०८३ मनाएको हो। आर्थिक वर्ष २०८२र०८३ मा कार्यालयलाई एक अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएकोमा एक अर्ब ३४ करोड रुपैयाँ संकलन भएको जनाएको छ।
कार्यालयले अनलाइन प्रणालीमार्फत राजस्व भुक्तानी सेवा सञ्चालन गर्नुका साथै म्याग्दी, पर्वत, मुस्ताङ र बागलुङका विभिन्न स्थानीय तहबाट करदाता सेवा विस्तार गरेको जनाएको छ। ती सेवा केन्द्रबाट व्यवसायी तथा सर्वसाधारणले व्यक्तिगत स्थायी लेखा नम्बर ९प्यान० लगायतका सेवा लिन सक्नेछन्।






