Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नेपालकाे सानदार जित

bk logo final png
  • बागलुङ खबर
  • २ मंसिर २०८०, शनिबार १०:४१

काठमाडौं, २ मंसिर । चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गरेको छ । नेपाल ६७ रनले विजयी भएको हो ।

पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित हो । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् ।

११४ रनको लक्ष्य पछ्याएको जापानले २० ओभर खेल्दै १० विकेट गुमाएर ४६ रनमात्रै बनायो ।

जापानकी मेग गावाले १७ र सेइक सुमीले १३ रन बनाउनुबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालकी संगीता राई एक्लैले पाँच विकेट लिइन् । पूजा महतो र अस्मिना कर्माचार्यले दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले चार विकेट गुमाएर ११३ रन बनाएको थियो ।

नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन् । यस्तै, कप्तान इन्दु बर्माले २७, पूजा महतोले १३ र सीता रानामगरले ९ रनको योगदान गरे । काजल श्रेष्ठ १५ र अस्मिना कर्माचार्य एक रनमा अविजित रहे ।

जापानकी एलिना कुसुदा नायरनले दुई, मेग गावा र अयुमी फुजिकावाले एक/कए विकेट लिएका थिए ।

महिला टी–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आईसीसी वरीयतामा तान्जानिया १९औं, नेपाल २१औँ, हङ्कङ २२औँ र जापान ५१औं स्थानमा छन् ।

तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्ने छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki