Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

म्याग्दीलाई पूर्ण विद्युतीकरण गर्ने योजना कार्यान्वयन

  • रासस
  • १५ कार्तिक २०८०, बुधबार ०९:०१

म्याग्दी, कात्तिक १४ गते । म्याग्दीलाई पूर्ण विद्युतीकरण गर्ने योजना कार्यान्वयन भएको छ । नेपाल विद्युत प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रमअन्तर्गत जिल्लाका १४ स्थानका दुई हजार एक सय ८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार गर्न लागिएको हो ।

यो योजनामार्फत म्याग्दीको भौगोलिक र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको गुर्जा बाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत सुविधा पुग्ने भएको छ । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका इन्जिनियर शिवराज शर्माले विद्युत विस्तार गर्न ठेक्का सम्झौता भई काम सुरु भएको जानकारी दिनुभयो । “पोल गाड्न, तार तान्न र ढुवानीका लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीको प्राविधिक टोलीले फिल्ड भेरिफिकेसन गर्न स्थलगत अध्ययन गरिरहेको छ,” उहाँले भन्नुभयो “प्राविधिक रिपोर्टको आधारमा कम्पनीले पोल, तारलगायत लाइन विस्तारको सामग्री माग्ने र प्राधिकरणको प्रदेश कार्यालयले उपलब्ध गराउने सम्झौता छ ।”

चार सय सात दशमलव छ किलोमिटर मुख्य र एक सय २६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न लागिएको इन्जिनियर शर्माले जानकारी दिनुभयो । पोल गाड्ने र तार तान्ने काम गर्न गत असोज तेस्रो हप्ता रवीन्द्र-ढुङ्गाना जेभीसँग तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सामग्री, उपकरण खरिद, ढुवानीसहित सबै काम गर्न कूल बिस करोड ५३ लाख ३६ हजार दुई सय ७८ लागत अनुमान गरिएको छ । एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडा फूलबारीका २०, रघुगङ्गा गाउँपालिकाको पात्लेखर्कका ५५, धवलागिरि गाउँपालिकाको मल्कवाङ, मराङ, बुलका चार सय, लुलाङका चार सय २५, खिवाङ नाउराको दुई सय घरधुरीमा लाइन विस्तार गर्न लागिएको प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले बताउनुभयो ।

यसैगरी मालिका गाउँपालिकाको छिस, घोर्सी, कोदालीवाङका ९५, घयाङलेपानीका ८०, बेम, बेली, दिलिवाङका दुई सय ३०, लुक्सिपार, पात्लेका एक सय ४५, ओखरबोटका ९०, महभिर चिउरीबोटका एक सय ८८, छापका ६०, सिस्नेरीका ६५ र जुग्जाका एक सय ३० घरमा पनि आयोजनामार्फत विद्युत विस्तार गरिने प्राधिकरणले जनाएको छ । मालिकाको घङ्लेपानी बाहेक बस्तीमा लघुजलविद्युत परियोजनाको विद्युत प्रयोग भएको छ ।

विद्युतको कुनै स्रोत नभएको घङ्लेपानीका बासिन्दाले सोलार र टुकी प्रयोग गर्छन् । यो आयोजनामार्फत म्याग्दीको धवलागिरि गाउँपालिका-१ मा पर्ने गुर्जा बाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत सुविधा पुग्ने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेसमबहादुर जुग्जालीले बताउनुभयो । “उज्यालो म्याग्दी बनाउने अभियानअन्तर्गत हामीले प्रधानमन्त्रीसँग अनुरोध गरेर र विद्युत प्राधिकरणले आफ्नै स्रोतबाट बजेट व्यवस्थापन गरेर सुरु गरिएको आयोजना हो,” उहाँले भन्नुभयो “विद्युत सुविधा विस्तारसँगै जनजीवनका साथै पर्यटकीक्षेत्रमा पनि सहज हुने अपेक्षा गरेका छौँ ।” गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दीमा विद्युतीकरणका लागि हालसम्मकै ठुलो बजेटको आयोजना भित्रिएको बताउनुभयो ।

निर्माण कम्पनी रवीन्द्र-ढुङ्गाना जेभीका सञ्चालक दिनेश ढुङ्गानाले प्राधिकरणले उपकरण र सामग्री भनेको समयमा उपलब्ध गराएको अवस्थामा निर्धारित समयमै विद्युतीकरणको काम सक्ने बताउनुभयो । “मैले ठेक्का लिएको सबै योजना अहिलेसम्म लक्ष्य अघि नै सम्पन्न गरेको छु,” उहाँले भन्नुभयो “प्राधिकरणले पोल, तार, ट्रान्सफर्मरलगायत सामान मागेको समयमा दियो भने यो योजना पनि निर्धारित समयभित्र सम्पन्न गर्छौ ।” नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्र अन्तरगत २२ हजार विद्युतका ग्राहक छन् । गत आर्थिक वर्ष २०७९/८० मा एक हजार दुई सय ३८ उपभोक्ता थपिएका थिए । साउनयता करिब दुई सय घरधुरीमा नयाँ लाइन विस्तार भएको छ । 

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki