Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पर्वतमा सयपत्रीको व्यावसायिक खेती

bk logo final png
  • बागलुङ खबर
  • १५ कार्तिक २०८०, बुधबार ०८:५७

कुस्मा (पर्वत), १५ कार्तिक । पर्वतको बिहादी गाउँपालिकामा आफूले लगाएको अन्नबाली बाँदरले खाने र नष्ट पार्ने भएपछि हैरान भई एक कृषकले सयपत्री फूलको व्यावसायिक खेती गर्न थालेका छन् । बिहादी गाउँपालिकाको वडा नं ६ मा पर्ने शालिग्राम निवासी ५३ वर्षीय कृषक मेघनाथ भट्टराईले गरेको खेती पालिकामा नै पहिलो पटक गरिएको फूलको व्यावसायिक खेती बनेको छ ।

कृषक भट्टराईले आफ्नो तीन हलको मेलो हुने बारीमा लगाएको फूल अहिले ढकमक्क फुलेको छ । बिहादीमा यसअघि मकै, भटमास, उवा, कोदो, बोडीलगायत अन्नबाली लगाउने बारीमा फूलको खेती गरिएको हो । सयपत्री फूलको खेतीका लागि बिउ खरिद, माटो गोडमेल, मलजल, फूलको बोटको टुप्पा काट्ने कार्यलगायत सबै गरी ६० हजार खर्च गरेको बताइएको छ ।

पहिलो पटक फूलको व्यावसायिक खेती गर्नुभएका उहाँले भन्नुभयो, “मकै, कोदो, मासको खेती गर्दा बाँदरले खाएर नष्ट गरेपछि फूलको खेती सुरु गरेको हो । गाउँमा अन्नबाली लगाउन छाडेर फूलको खेती गरेको भनी सबैले खिसी गरेका   थिए । अहिले फूल देख्दा सबै दङ्ग परेका छन् ।”

बाँदरले नखाने भनी फूलको व्यावसायिक खेती गरेको भए पनि बाँदरले फूल भाँचेर दुःख दिने गरेपछि हेरालो बारम्बार बस्नु परेको कृषक भट्टराईको दुःखेसो छ । आफूले सयपत्री फूल तिहारको समयमा बिक्री गरी पाँच लाख रुपियाँ कमाइ गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । बजारको माग अनुसार नै मूल्य कायम गरी स्थानीय गाउँघर साथै बुटवल र पोखरासम्म लगेर फूल बिक्री गर्ने कृषकको सोच छ । वडा अध्यक्षसँग समेत फूलको बिक्री गर्न बजारका लागि सल्लाह लिएको कृषक भट्टराईले बताउनुभयो ।

बुटवलदेखि ल्याएको सयपत्री फूलको बिउ जमाएर साउन महिनामा बेर्ना लगाइएको थियो । गाउँपालिका वडा नं ६ का अध्यक्ष मोहन बस्यालले पालिकामा नै पहिलो पटक गरिएको व्यावसायिक फूलको खेती निकै राम्रो रहेको बताउँदै भन्नुभयो, “पहिलो पटक व्यक्तिगत पहलमा सुरु गरिएको व्यावसायिक फूलको खेती राम्रो छ । फूल बिक्रीका लागि वडाले पनि सहजीकरण गर्ने छ । आगामी वर्षमा फूलको व्यावसायिक खेतीका लागि इच्छुक किसानलाई वडाले सघाउने छ ।”

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki