Skip to content

follow us

baglungkhabar.tv

31st May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

महानगरभित्रका अनधिकृत संरचना हटाउने अभियानलाई तीव्रता

bk logo final png
  • Baglungkhabar
  • ९ भाद्र २०७९, बिहीबार १५:४५

काठमाडौं, भदौ ९ गते । काठमाडौं महानगरपालिका भित्रका अनधिकृत संरचना हटाउने अभियानलाई तीव्रता दिनुभएका महानगर प्रमुख बालेन्द्र साहले आक्रोश व्यक्त गर्नुभएको छ।

बिहीबार काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना हटाउन दिइएको निर्देशन नमानेपछि प्रमुख साह आक्रोशित हुनुभएको हो । त्यसक्रममा मेयर शाहले त्यहाँ अनधिकृत रुपमा सञ्चालनमा ल्याइएको फार्मेसी बन्द गर्न निर्देशन दिए लगत्तै कम्प्लेक्सका निर्देशकले सरकारसँग अनुमति लिएर संरचना बनाएको दाबी गर्नुभएको थियो। त्यसपछि प्रमुख साहसँग सवाल जवाफ भएको हो।

निर्देशक द्विराज शर्माले भन्नुभयो, ‘सरकारसँग अनुमति लिएर संरचना बनाइएको हो।’  त्यसपछि प्रमुख शाहले ‘नक्सा देखाउन’ शर्मासँग आग्रह गर्नुभयो। ‘हजुरसँग हुनुपर्ने’ निर्देशक शर्माको जवाफ थियो।  त्यसपछि प्रमुख साहले भन्नुभयो, ‘तपाईंको घरको नक्सा अरुसँग हुन्छ ? भन्दै आक्रोशित हुनुभयो। त्यसलगत्तै निर्देशक शर्माले, ‘तपाईं हाम्रो जनप्रतिनिधि भएर आवेशमा आएर नबोल्नुस्’, भनेपछि मेयर शाह केही शान्त मोडमा देखिनुभयो।

‘३५ दिने सूचना दिएको र त्यस अवधिमा पनि खाली नभएपछि आफू अनुगमनमा निस्किएको’ उहाँको भनाइ थियो। प्रमुख साह र कम्प्लेक्सका निर्देशक शर्मा बीचको सवाल जवाफ नै भयो । ‘यो संरचना तत्काल हटाउनुस् । तपाईंले यहाँ खोल्न पाउनुहुन्न । मैले व्यवसाय गर्ने भनेर सरकारसँग अनुमति लिएको छु । ल्याउनुस् छ भने। हजुरसँग हुनुपर्ने ? तपाईंको घरको नक्सा मसँग हुनुपर्छ ? नगरपालिकासँग के हुन्छ त ? यहाँनिर यत्रो नोटिस दिएको छ । यो के हो त ? ३५ दिने सूचना टाँस गरेर खाली गर्न भनेर नोटिस दिएको छैन ? तपाईंको घरको नक्सा अरुसँग हुन्छ ? अनि मैले कसरी गर्ने खाली ? तपाईं आवेशमा आएर नबोल्नुस्। तपाईं हाम्रो जनप्रतिनिधि होइन ? मैले करोडौं कर राज्यलाई तिरेर व्यवसाय गरेको हुँ।’

अनधिकृत रुपमा बनाइएका संरचना खाली गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने सूचना जारी गरेको थियो। तर, त्यो सूचनाको अवज्ञा भएपछि  प्रमुख साहले आफ्नै नेतृत्वमा त्यस्ता अनधिकृत रुपमा बनाइएका भौतिक संरचना हटाउने काम सुरु गर्नु भएको हो । प्रमुख शाहले अनुमतिबिना सञ्चालनमा आएका संरचना हटाउनका लागि काठमाडौं महानगरका कर्मचारी, सुरक्षाकर्मी र ट्राफिक प्रहरीलाई परिचालन गर्नुभएको छ।  बुधबार सुनधारा र न्युरोड क्षेत्रमा बनेका अनधिकृत संरचना हटाइएको थियो।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

बागलुङ बजारमा हाइमाष्ट बत्ती जडान

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

भर्खरै

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारी पुरा

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki