Skip to content

follow us

baglungkhabar.tv

31st May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पर्वतमा अपांगता भएकालाई वैकल्पिक शिक्षा ‘आकाशको फल’

  • २४ भाद्र २०७७, बुधबार १९:२२
OLYMPUS DIGITAL CAMERA

भदौ २४, पर्वत । कुस्मा नगरपालिका–६ का १४ वर्षीय आयुष शर्मा शारीरिक र बौद्धिक अपाङ्गता भएका बालक हुन् । कुस्माकै शिवालय माविको कक्षा १ पढ्ने उनी जसोतसो आउजाउ गर्थे । तर अहिले घरमा एक्लै बस्नुपर्दा उनलाई निकै गाह्रो भएको छ । उनी एकोहोरिन थालेका छन् ।

सञ्चारमाध्यमदेखि टोल र परिवारमा पनि कोरोनाको विषयमा मात्र कुरा हुँदा उनी घर बाहिर निस्कन मान्दैनन् । मरिन्छ कि भनेर आफूलाई सोधिरहने आमा लक्ष्मी चापागाईँ बताउँछिन् ।

‘अपाङ्गता भएकाहरूलाई अघि पछिको समयमा त समस्या हुन्छ यो बेलामा घरमै एकोहोरो राख्नुपर्दा झनै समस्या हुने रहेछ। मेरो बाबुमा बौद्धिक र शारीरिक अपाङ्गता छ,’ उनले भनिन्, ‘यो बेलामा पढ्ने र सिक्नेको त कुरै छाडौँ। बाहिर निस्के कोरोना लागेर मरिन्छ भन्छ, कोरोनाको डरले उसलाई खाएको छ ।’

विद्यालय पठाउँदासमेत सिकाइमा कठिनाइ हुने उनीहरूलाई अहिले प्रयोगमा रहेका वैकल्पिक सिकाइ सहजीकरणको माध्यमले कुनै अर्थ नराखेको लक्ष्मीको अनुभव छ ।

जिल्लाको महाशिला गाउँपालिका ५ लुँखुदेउरालीमा एउटै घरका दिदीलाई दृष्टिविहीन छ । कक्षा १० मा पढ्दै गरेका बेलकुमारी क्षत्री र ९ मा पढ्ने होमबहादुरलाई घरमा बस्न मनै छैन । ब्रेल अक्षर लेख्ने कागज नहुँदा र गाउँमा इन्टरनेटको पहुँच नभएकाले उनीहरु भर्चुअल कक्षामा जोडिन सकेका छैनन् ।

‘मौका पाए टिभीमा पढाएको सुन्ने हो । आँखाले देख्ने भए पो छिटो सिकाइ हुन्थ्यो । हामीलाई अलि बिस्तारै हाम्रै तरिकाले पढाउनुपर्छ । सामान्य अवस्थाका व्यक्तिलाई मिल्ने शैली हामीलाई मिल्दैन ।’ होमबहादुर भन्छन्, ‘एकोहोरो सुनेर मात्रै पनि कसरी सिकिन्छ र ? लकडाउन होला भन्ने थाहा भएन, घरमा ब्रेल पेपर र त्यसमा स्ल्याट नै छैन। बिस्तारै सुन्दै पढौँ भने नेट छैन। टोलमा शिक्षक आएर पढाए पनि नोट गर्ने केही पनि छैन ।’

सदरमुकाम कुस्मामै बस्ने शारीरिक र बोलाइसम्बन्धी अपाङ्गता भएका विजय कुमाल बजारमा भएर पनि उनले इन्तरनेटको सुविधा प्रयोग गर्न पाएका छैनन् । भर्चुअल कक्षामा जोडिन सुन्न र देख्न सक्ने उनको घरको आर्थिक अवस्थाका कारण इन्टरनेटमा पहुँच छैन ।

‘एक दिन होइन, दुई दिन होइन हरेक दिन अर्काको घरमा गएर नेटको पासवर्ड माग्दा पनि अप्ठ्यारो हुन्छ । अर्काले लगानी गरेको चिज आफूले सधैँ फ्रिमा कसरी पाइन्छ ?’ दुखेसो पोख्दै कुमालले भने, ‘अपांगता भएकालाई हिजो पनि समस्या नै थियो आज पनि उस्तै छ। सरकारले वैकल्पिक सिकाई सहजीकरण र सपाङ्गता भएकालाई केन्द्रित गरेर ल्याएको छ। हामीलाई हुन सक्ने विकल्पबारे सोच्ने त कोही पनि छैन ।’

अपाङ्गता भएका विद्यार्थीले अध्ययन गर्दै आएका विद्यालयले अनलाइन कक्षाहरू सञ्चालन गरिरहेको भए पनि अपांगतामैत्री प्रविधि छैन। दृष्टिविहीनहरुका लागि स्रोत कक्षा सञ्चालन गर्दै आएको कुस्माको शिवालयमा माविका प्रधानाध्यापक भुपेन्द्र चापागाईँले विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको भए पनि फरक क्षमताका बालबालिकाहरू त्यसमा जोडिन कठिन भएको बताउँछन् । सञ्चार प्रविधिको सहज उपलब्धता, उपलब्ध भए पनि त्यसको प्रयोगको कठिनाइले अपाङ्गता भएकालाई ठूलो शैक्षिक क्षति पुगेको उनी बताउँछन् ।

सोही स्रोत कक्षामा अध्यापन गर्दै आएका दृष्टिविहीन शिक्षक हरिदत्त शर्माले आफूले केही विद्यार्थीलाई फोन गरेर वैकल्पिक सिकाइमा जोडिन सिकाउन खोज्दा गाउँमा नेट नभएको र मोबाइलमा रिचार्ज गरेर प्रविधिमा जोडिन घरको आर्थिक अवस्थाले नसक्ने जवाफ दिएको बताए ।

Soc: thahakhabar

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

बागलुङ बजारमा हाइमाष्ट बत्ती जडान

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

भर्खरै

वर्तमान राजनितिक अवस्था र संविधान संशोधन विषयक अन्तरक्रिया

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारी पुरा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki