Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

bk logo final png
  • बागलुङखबर
  • २० फाल्गुन २०८१, मंगलवार १४:११

बागलुङ, २० फागुन । तेस्रो संस्करणको जेसीज कप फुटबल प्रतियोगितामा साविक उपविजेता श्रीमेहर गणले रुद्रेपिपल युवा क्लबलाई फराकिलो गोलअन्तरले पराजित गरेको छ ।

मदन लिम्बुको ह्याट्रिकको मद्धतमा विभागीय टिम श्रीमेहर गणले रुद्रेपिपललाई ७–० गोलअन्तरले पराजित गरेको हो । मंगलबार भएको पहिलो खेलमा श्रीमेहरका लागि मदन लिम्बुले ४, विकास मगर, किसान राई र मविन तुम्बाफेले समान १–१ गोल गरेका थिए ।

मदन लिम्बुले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै श्रीमेहरलाई अग्रता दिलाएका थिएभने उनले नै खेलको १२ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । विकास मगरले खेलको २१ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा श्री मेहरलाई ३ गोलको अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवातमा केही सुधारिएको खेल प्रस्तुत गरेको रुद्रेपिपलको लागि दुई प्रहार गोलपोष्टमा लागेर बाहिरियो । श्रीमेहरको लागि खेलको ६८ औं मिनेटमा किसान राईले गोल गर्दै टिमलाई फराकिलो अग्रता दिलाए । खेलको ६९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका मदनले ७७ औं मिनेटमा गोल पुनः गोल गर्दै फराकिलो जित सुनिश्चित गरेका थिए । श्रीमेहरको लागि मविन तुम्बाफेले ७८ औं मिनेटमा गोल गरे । श्रीमेहरले बिहिबार बलेवा एफसीसँग सेमिफाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछ ।

बागलुङ जेसीजको आयोजितामा संचालित प्रतियोगितामा आज दिउँसो पर्पल हेज÷एभिएमविरुद्व बागलुङ एकता क्लब विच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष श्रेष्ठले बताउनुभयो । यस्तै प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्भने अनुशासित टिमले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत तर्फ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षकले नगद ५–५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्भने प्लेयर अफदी म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

बानपाका वडा सदस्यको गुनासोः तीन पटक नगरपालिका धाएर पनि सडकको खाल्डा पुर्न सकिएन

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki