Skip to content

follow us

baglungkhabar.tv

18th December 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ताराखोलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाईते

bk logo final png
  • बागलुङखबर
  • १७ आश्विन २०८२, शुक्रबार १९:०१

बागलुङ, १७ असोज । बागलुङको ताराखोला गाउँपालिका–३ गाईघाटमा शुक्रबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

]ताराखोलाबाट गल्कोटको हटियातर्फ जाँदै गरेको ग १ ज ६१०० नम्वरको पिकअप जीप गाईघाट झरना नजिकै दरमखोलामा दुर्घटना भएको हो । दुर्घटनामा गल्कोट नगरपालिका–५ बस्ने २४ वर्षीय दिनेश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङ सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो । गम्भीर घाईते थापालाई गलकोट नगर अस्पताल पु¥याइएपछि चिकित्सकले मृत्त घोषणा गरेका थिए ।

दुर्घटना गलकोट नगरपालिका–५ का ४३ बर्षीय विरबल परियार र २४ वर्षीय मिलन परियार घाईते भएका छन् । गम्भीर घाइते विरबललाई गल्कोट नगर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । विरबलको टाउँकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

मिलन परियारको अवस्था सामान्य रहेको र गल्कोट नगर अस्पतालमै उपचार पछि डिस्चार्ज भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

दुर्घटनापछि जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जीपमा ८ जना सवारमध्ये पाँच जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

https://www.facebook.com/watch/?v=2013350282768205

Share

प्रतिक्रिया

थप समाचारहरु

नेपाली ढाकाको डोरो, हाम्रो पहिचान (कविता)

मुस्ताङका कृषक च्याङ्ग्रा बेच्न बजारमा

जेनजी प्रदर्शनमा निधन भएकाको सम्झनामा दीप प्रज्वलन

लोकप्रिय

बढ्यो सुनचाँदीको मूल्य

बागलुङमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दो

यसरी भर्नुहोस् अमेरिका जाने ईडीभी फाराम

कालीका भगवती मन्दिरमा समर्पण गरेको सुनचाँदी लगायतका जिन्सी सामाग्री प्रदर्शन

भर्खरै

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

पोर्चुगलले जित्यो यु१७ विश्वकप फुटबलको उपाधि

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki