Skip to content

follow us

baglungkhabar.tv

18th December 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

  • अर्जुन कार्की
  • २४ फाल्गुन २०८१, शनिबार २०:४४

बागलुङ, २४ फागुन । तेस्रो जेसीज कप फुटबल प्रतियोगिताको उपाधि ग्रेस गुराँस गुठी युनाईटेडले जितेको छ ।

बाङ्गेचौर खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा गुठीले ट्राइब्रेकरमा ४–३ गोलअन्तरले साविक विजेता बागलुङ सुधार केन्द्रलाई पराजित गर्दै उपाधि चुमेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलोहाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा गुठीले गोल गर्दै अग्रता लिएको थियो । खेलको ५६ औं मिनेटमा गुठीका निराजन खत्रीले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । १ गोलले पछि परेको एक मिनेटमा सुधार केन्द्रका विदेशी खेलाडी अबेका रिचर्डले सुन्दर गोल गर्दै खेल बराबरीमा फर्किएका थिए ।

निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछि १४ मिनेटको अत्तिरिक्त समय थप भएको थियो । थपिएको अतिरिक्त समयमा कुनै गोल नहुँदा खेल टाइब्रेकरमा धकेलिएको हो ।

ट्राइब्रेकरमा गुठीका सम्राट लिम्बु, जेनिश प्रजापति, विविध थापा र मनिष थकालीको प्रहार गोलमा परिणत हुँदा किरण थापाको प्रहार गोलबारमा लाग्दै बाहिरियो ।

सुधार केन्द्रका राहुल गुरुङ, निशान थापा र सुशिल लामाको प्रहार गोलमा परिणत हुँदा रोशन क्षेत्रीको प्रहार गुठीका गोलरक्षक सौगात खड्काले रोकेका थिएभने प्रशन्न श्रेष्ठको प्रहार गोलबारमा लाग्दै बाहिरिदा दोस्रो पटक उपाधि उचाल्नबाट बन्चित भयो ।

उपाधि जितेको उपाधि जितेको ग्रेस गुराँस गुठी युनाईटेडले २ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको सुधार केन्द्रले १ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलको प्लेयर अफ दी म्याच गुठीका गोलरक्षक सौगात खड्का घोषित भए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बागलुङ सुधार केन्द्रका कप्तान निशान थापा घोषित भएका छन् । उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट गोलरक्षक गुठीका सौगात खड्का, उत्कृष्ट डिफेन्डर गुठीका सन्दिप छन्त्याल, उत्कृष्ट मिडफिल्डर सुधार केन्द्रका सुशिल लामा र उत्कृष्ट फरवार्ड सुधार केन्द्रका रोशन क्षेत्री र प्रतियोगितामा ३ गोल गरेका गुठीका मनिष श्रेष्ठ सर्वाधिक गोलकर्ता घोषित भए । उनीहरुले नगद ३–३ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे । यस्तै म्याग्दी जिल्ला फुटबल संघ अनुशासित टिम घोषित हुँदै नगद ५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्यो ।

बागलुङ जेसीजले आयोजना गरेको प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेता टिम र खेलाडीलाई गण्डकी प्रदेशका सदस्य दिपेन्द्र बहादुर थापा, जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारी, बागलुङ जेसीजका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नेपाली ढाकाको डोरो, हाम्रो पहिचान (कविता)

ताराखोलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाईते

मुस्ताङका कृषक च्याङ्ग्रा बेच्न बजारमा

लोकप्रिय

बढ्यो सुनचाँदीको मूल्य

बागलुङमा मेयर कप फुटबलको ट्रफी सार्वजनिक

यसरी भर्नुहोस् अमेरिका जाने ईडीभी फाराम

माडीमा नेपालकै अग्लो चक्रशिला स्थापना

भर्खरै

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

पोर्चुगलले जित्यो यु१७ विश्वकप फुटबलको उपाधि

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki