Skip to content

follow us

baglungkhabar.tv

24th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

  • अर्जुन कार्की
  • २४ फाल्गुन २०८१, शनिबार २०:४४

बागलुङ, २४ फागुन । तेस्रो जेसीज कप फुटबल प्रतियोगिताको उपाधि ग्रेस गुराँस गुठी युनाईटेडले जितेको छ ।

बाङ्गेचौर खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा गुठीले ट्राइब्रेकरमा ४–३ गोलअन्तरले साविक विजेता बागलुङ सुधार केन्द्रलाई पराजित गर्दै उपाधि चुमेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलोहाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा गुठीले गोल गर्दै अग्रता लिएको थियो । खेलको ५६ औं मिनेटमा गुठीका निराजन खत्रीले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । १ गोलले पछि परेको एक मिनेटमा सुधार केन्द्रका विदेशी खेलाडी अबेका रिचर्डले सुन्दर गोल गर्दै खेल बराबरीमा फर्किएका थिए ।

निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछि १४ मिनेटको अत्तिरिक्त समय थप भएको थियो । थपिएको अतिरिक्त समयमा कुनै गोल नहुँदा खेल टाइब्रेकरमा धकेलिएको हो ।

ट्राइब्रेकरमा गुठीका सम्राट लिम्बु, जेनिश प्रजापति, विविध थापा र मनिष थकालीको प्रहार गोलमा परिणत हुँदा किरण थापाको प्रहार गोलबारमा लाग्दै बाहिरियो ।

सुधार केन्द्रका राहुल गुरुङ, निशान थापा र सुशिल लामाको प्रहार गोलमा परिणत हुँदा रोशन क्षेत्रीको प्रहार गुठीका गोलरक्षक सौगात खड्काले रोकेका थिएभने प्रशन्न श्रेष्ठको प्रहार गोलबारमा लाग्दै बाहिरिदा दोस्रो पटक उपाधि उचाल्नबाट बन्चित भयो ।

उपाधि जितेको उपाधि जितेको ग्रेस गुराँस गुठी युनाईटेडले २ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको सुधार केन्द्रले १ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलको प्लेयर अफ दी म्याच गुठीका गोलरक्षक सौगात खड्का घोषित भए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बागलुङ सुधार केन्द्रका कप्तान निशान थापा घोषित भएका छन् । उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट गोलरक्षक गुठीका सौगात खड्का, उत्कृष्ट डिफेन्डर गुठीका सन्दिप छन्त्याल, उत्कृष्ट मिडफिल्डर सुधार केन्द्रका सुशिल लामा र उत्कृष्ट फरवार्ड सुधार केन्द्रका रोशन क्षेत्री र प्रतियोगितामा ३ गोल गरेका गुठीका मनिष श्रेष्ठ सर्वाधिक गोलकर्ता घोषित भए । उनीहरुले नगद ३–३ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे । यस्तै म्याग्दी जिल्ला फुटबल संघ अनुशासित टिम घोषित हुँदै नगद ५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्यो ।

बागलुङ जेसीजले आयोजना गरेको प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेता टिम र खेलाडीलाई गण्डकी प्रदेशका सदस्य दिपेन्द्र बहादुर थापा, जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारी, बागलुङ जेसीजका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki