Skip to content

follow us

baglungkhabar.tv

14th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

bk logo final png
  • बागलुङ खबर
  • २३ फाल्गुन २०८१, शुक्रबार १९:३६

बागलुङ, २३ फागुन । तेस्रो संस्करणको जेसीज कपको उपाधिको लागि गुराँस गुठी युनाईटेड र बागलुङ सुधार केन्द्र भिड्ने भएका छन् । शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा गुराँस गुठी र साविक विजेता बागलुङ सुधार केन्द्रले जित निकाल्दै फाइनलमा प्रवेश गरेका हुन् ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा गुराँस गुठी युनाईटेडले बलेवा एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको छ ।

खेलको ३१ औं मिनेटमा मनिष श्रेष्ठको गोलबाट अग्रता लिएको गुराँस गुठीले ४५ औं मिनेटमा मनिषले नै गोल गर्दै अग्रतालाई दोब्बर पारे ।

गुराँस गुठीको लागि खेलको ७३ औं मिनेटमा जेनिश प्रजापतिले गोल गर्दै फाइनलमा प्रवेश गराए । दुई गोल गरेका मनिष श्रेष्ठ प्लेयर अफ दी म्याच घोषित भए ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा साविक विजेता बागलुङ सुधार केन्द्रले ट्राइब्रेकरमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । सुधार केन्द्रले प्रर्पल हेज/एभिएमलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पाखा लगाउँदै उपाधि नजिक पुगेको हो ।

खेल निर्धारित समयमा गोलरहित बराबरी सकिए संगै ट्राइबेकरमा सुधार केन्द्र भाग्यमानी बन्यो । निर्धारित समयमा दुबै टिमले बराबरी खेलेपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा सुधार केन्द्रको लागि सुनिल खड्का, राहुल गुरुङ, प्रशन्न श्रेष्ठ, सुशिल लामाको प्रहार गोलमा परिणत हुँदा कप्तान निशान थापाको प्रहार प्रर्पल हेजका गोलरक्षक नविन सिजवालले रोके ।

प्रर्पल हेजका विकास परियार, सविन नेपाली र केई बाफोरको प्रहार गोलमा परिणत हुँदा अनिष सुनारको प्रहार बाहिरिएको थियोभने सुदिप गुरुङको प्रहार सुधार केन्द्रका गोलरक्षक रुपेश हमालले बचाएका थिए । खेलको प्लेयर अफ दी म्याच सुधार केन्द्रका गोलरक्षक रुपेश हमाल घोषित भए ।

बागलुङ जेसीजको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल (भोली) शनिबार दिउँसो हुने अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताए ।

प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै अनुशासित टिमले ५ हजार रुपैयाँ प्राप्त गर्नेछभने विधागत तर्फ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षकले नगद ५–५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् भने प्लेयर अफदी म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki