बागलुङ, १९ फागुन । तेस्रो संस्करणको जेसीज कप फुटबल प्रतियोगितामा बलेवा फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताको पहिलो खेलमा सोमबार बलेवा एफसीले हाइकर्स युनाइडेट बागलुङलाई ३–२ गोलअन्तरले पराजित गर्यो ।
बलेवाको लागि खेलको २३ औं मिनेटमा रोशन थापाले गोल गर्दै अग्रता दिलाएपनि लगतै २५ औं मिनेटमा हाइकर्सका सोनम घर्तीले गोल फर्काएर खेललाई बराबरीमा पु¥याएका थिए ।
पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएपनि दोस्रो हाफमा बलेवाको लागि खेलको ४८ औं मिनेटमा विवेक नेपालीले गोल गर्दै पुनः अग्रता दिलाएका थिए । खेलको ५० औं मिनेटमा बलेवाका नविन सुवेदीले गोल गर्दै दुई गोलको अग्रता बनाएका थिए ।
खेलको ५३ औं मिनेटमा हाइकर्सका विप्लब भण्डारीले गोल गर्दै अग्रतालाई घटाएपनि निर्धारित समयमा थप गोल नहुँदा बलेवाले ३–२ को जित निश्चित गर्यो । खेलमा बलेवाका सुशान्त श्रेष्ठ प्लेयर अफदी म्याच घोषित भए ।
बागलुङ जेसीजको आयोजितामा संचालित प्रतियोगिताका ११ टिमको सहभागीता रहेको छ । फागुन २४ गतेसम्म संचालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरु बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेलमैदानमा हुनेछन् ।
प्रतियोगितामा भोली मंगलबार दुई खेल हुने जेसीज बागलुङका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताउनुभयो । उहाँले मंगलबारको पहिलो खेल पहिलो साविक उपविजेता नेपाली सेनाको श्रीमेहर गणविरुद्व रुद्रेपिपल युवा क्लब र दोस्रो खेल पर्पल हेज÷एभिएमविरुद्व बागलुङ युनाइटेड विच हुने बताउनुभयो ।
प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष श्रेष्ठले बताउनुभयो । यस्तै प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्भने अनुशासित टिमले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत तर्फ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षकले नगद ५–५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्भने प्लेयर अफदी म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।