Skip to content

follow us

baglungkhabar.tv

26th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

तेस्रो जेसीज कप सुरु, पहिलो खेलमा बलेवा एफसी विजयी

bk logo final png
  • बागलुङ खबर
  • १९ फाल्गुन २०८१, सोमबार २२:००

बागलुङ, १९ फागुन । तेस्रो संस्करणको जेसीज कप फुटबल प्रतियोगितामा बलेवा फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा सोमबार बलेवा एफसीले हाइकर्स युनाइडेट बागलुङलाई ३–२ गोलअन्तरले पराजित गर्यो ।

बलेवाको लागि खेलको २३ औं मिनेटमा रोशन थापाले गोल गर्दै अग्रता दिलाएपनि लगतै २५ औं मिनेटमा हाइकर्सका सोनम घर्तीले गोल फर्काएर खेललाई बराबरीमा पु¥याएका थिए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएपनि दोस्रो हाफमा बलेवाको लागि खेलको ४८ औं मिनेटमा विवेक नेपालीले गोल गर्दै पुनः अग्रता दिलाएका थिए । खेलको ५० औं मिनेटमा बलेवाका नविन सुवेदीले गोल गर्दै दुई गोलको अग्रता बनाएका थिए ।

खेलको ५३ औं मिनेटमा हाइकर्सका विप्लब भण्डारीले गोल गर्दै अग्रतालाई घटाएपनि निर्धारित समयमा थप गोल नहुँदा बलेवाले ३–२ को जित निश्चित गर्यो । खेलमा बलेवाका सुशान्त श्रेष्ठ प्लेयर अफदी म्याच घोषित भए ।

बागलुङ जेसीजको आयोजितामा संचालित प्रतियोगिताका ११ टिमको सहभागीता रहेको छ । फागुन २४ गतेसम्म संचालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरु बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेलमैदानमा हुनेछन् ।

प्रतियोगितामा भोली मंगलबार दुई खेल हुने जेसीज बागलुङका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताउनुभयो । उहाँले मंगलबारको पहिलो खेल पहिलो साविक उपविजेता नेपाली सेनाको श्रीमेहर गणविरुद्व रुद्रेपिपल युवा क्लब र दोस्रो खेल पर्पल हेज÷एभिएमविरुद्व बागलुङ युनाइटेड विच हुने बताउनुभयो ।

प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष श्रेष्ठले बताउनुभयो । यस्तै प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्भने अनुशासित टिमले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत तर्फ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षकले नगद ५–५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्भने प्लेयर अफदी म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki