Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

फोनिज बागलुङको अध्यक्षमा डम्मर बुढा मगर सर्वसम्मत चयन

bk logo final png
  • बागलुङ खबर
  • ६ फाल्गुन २०८१, मंगलवार १३:३७

बागलुङ, ६ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागलुङको अध्यक्षमा डम्मर बुढा मगर सर्वसम्मत चयन भएका छन् ।

फोनिज बागलुङको मंगलबार सम्पन्न चौथो जिल्ला अधिवेशनले बुढा मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मञ्जुल शाक्य, सचिवमा बल बहादुर रोका मगर, सहसचिव सर्मिला रोका मगर र कोषाध्यक्ष तिलक घर्ति मगर सर्वसम्मत चयन भएका छन् ।

यस्तै सदस्यहरुमा भूमा तारामी मगर, राजेन्द्र श्रेष्ठ, शेखर थापा मगर, सुरेश छन्त्याल, शिशिर श्रीस र ज्योति थापा मगर रहेका छन् । यस्तै अधिवेशनले प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधि समेत चयन गरेको छ । प्रदेश प्रतिनिधिमा पदम छन्त्याल (प्रकाश), याम बहादुर थापा र छलिता बुढा मगर रहेका छन्भने केन्द्रीय प्रतिनिधिमा राजेशचन्द्र राजभण्डारी र संगम घर्ति मगर सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले देशलाई राम्रो दिशामा लैजानको लागि पत्रकारहरुले भुमिका खेल्नुपर्ने बताए । उनले भ्रष्टचारका विरुद्ध र सुशासनका पक्षमा पत्रकारहरु एक भएर कलम चलाउनुपर्ने बताए ।

उद्घाटन सत्रमा फोनिज गण्डकी प्रदेशका इन्चार्ज एमवि आस्था, फोनिज गण्डकी प्रेदेशका अध्यक्ष रुद्रबहादुर श्रीस, नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजाल र प्रगतिशिल पत्रकार संघका केन्द्रीय सचिव ताराप्रसाद शर्माले शुभकामना मन्तव्य गरेका थिए ।

फोनिज बागलुङका अध्यक्ष प्रकाश छन्त्यालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा सदस्य बल बहादुर रोकाको स्वागत र सचिव डम्मर बुढा मगरले संचालन गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki