Skip to content

follow us

baglungkhabar.tv

18th December 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

फोनिज बागलुङको अध्यक्षमा डम्मर बुढा मगर सर्वसम्मत चयन

bk logo final png
  • बागलुङ खबर
  • ६ फाल्गुन २०८१, मंगलवार १३:३७

बागलुङ, ६ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागलुङको अध्यक्षमा डम्मर बुढा मगर सर्वसम्मत चयन भएका छन् ।

फोनिज बागलुङको मंगलबार सम्पन्न चौथो जिल्ला अधिवेशनले बुढा मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मञ्जुल शाक्य, सचिवमा बल बहादुर रोका मगर, सहसचिव सर्मिला रोका मगर र कोषाध्यक्ष तिलक घर्ति मगर सर्वसम्मत चयन भएका छन् ।

यस्तै सदस्यहरुमा भूमा तारामी मगर, राजेन्द्र श्रेष्ठ, शेखर थापा मगर, सुरेश छन्त्याल, शिशिर श्रीस र ज्योति थापा मगर रहेका छन् । यस्तै अधिवेशनले प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधि समेत चयन गरेको छ । प्रदेश प्रतिनिधिमा पदम छन्त्याल (प्रकाश), याम बहादुर थापा र छलिता बुढा मगर रहेका छन्भने केन्द्रीय प्रतिनिधिमा राजेशचन्द्र राजभण्डारी र संगम घर्ति मगर सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले देशलाई राम्रो दिशामा लैजानको लागि पत्रकारहरुले भुमिका खेल्नुपर्ने बताए । उनले भ्रष्टचारका विरुद्ध र सुशासनका पक्षमा पत्रकारहरु एक भएर कलम चलाउनुपर्ने बताए ।

उद्घाटन सत्रमा फोनिज गण्डकी प्रदेशका इन्चार्ज एमवि आस्था, फोनिज गण्डकी प्रेदेशका अध्यक्ष रुद्रबहादुर श्रीस, नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजाल र प्रगतिशिल पत्रकार संघका केन्द्रीय सचिव ताराप्रसाद शर्माले शुभकामना मन्तव्य गरेका थिए ।

फोनिज बागलुङका अध्यक्ष प्रकाश छन्त्यालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा सदस्य बल बहादुर रोकाको स्वागत र सचिव डम्मर बुढा मगरले संचालन गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नेपाली ढाकाको डोरो, हाम्रो पहिचान (कविता)

ताराखोलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाईते

मुस्ताङका कृषक च्याङ्ग्रा बेच्न बजारमा

लोकप्रिय

बढ्यो सुनचाँदीको मूल्य

बागलुङमा मेयर कप फुटबलको ट्रफी सार्वजनिक

यसरी भर्नुहोस् अमेरिका जाने ईडीभी फाराम

माडीमा नेपालकै अग्लो चक्रशिला स्थापना

भर्खरै

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

पोर्चुगलले जित्यो यु१७ विश्वकप फुटबलको उपाधि

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki