Skip to content

follow us

baglungkhabar.tv

12th February 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बानपाका वडा सदस्यको गुनासोः तीन पटक नगरपालिका धाएर पनि सडकको खाल्डा पुर्न सकिएन

bk logo final png
  • बागलुङ खबर
  • ५ फाल्गुन २०८१, सोमबार ०९:१९

बागलुङ, ५ फागुन । बागलुङ नगरपालिका वडा नं. २ का वडा सदस्य अर्जुन घिमिरेले लालीगुराँस चोकमा भत्केको सडकको फोटो राखेर सडक नबनेको गुनासो गरेका छन् । वडा र नगरपालिकाले सामान्य खर्चमा बनाउन सक्ने उक्त खाल्डा परेको सडक सामाजिक सञ्जाल फेसबुकमा राखेर घिमिरेले आफ्नै पदलाई धिक्कारेका छन् ।

सडकको खाडल पुर्नका लागि पटक–पटक प्राविधिकलाई देखाएको, तर कसले बनाउने भन्ने अन्यौल भएको उनले गुनासो गरेका छन् । ‘एउटा चोकको खाल्टो पुर्न भनेर ३ पटक नापजाँच गरियो, नगरपालिकामा भन्नुपर्ने ज्यू हजुर गर्नुपर्ने, सबैलाइ बिन्ती बिसाइयो,’ उनले फेसबुकमा लेखेका छन्,‘एकले अर्कोलाई देखाएरै पन्छिने काम पो गरेका छन् महामहिमहरु ।’ जनप्रतिनिधिले यसरी ज्यु हजुर गर्दा त सडकको हालत यस्तो छ भने जनताले कति निरिह बन्नु परेको होला ? उनले प्रश्न समेत गरेका छन् ।

यो बिषयमा कुरा गर्दा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले डिटेलमा जानकारी नपाएको बताए । उनले नगरपालिकाको जेसिवी बिग्रेर बसेकोले कतिपय काम नभएको बचाउ गरे । ‘कुरा त गर्नु भएको थियो, जेसीवि बिग्रेकोले काम नभएको होला,’ कंडेलले भन्नुभयो,‘तत्काल बुझ्न प्राविधिक पठाउँछु ।’ घिमिरेले देखाएको उक्त स्थानमा काम गर्नका लागि जेसिवी भने चाहिंदैन । बरु एकदुइ ट्रयाक्टर गिटी लगेर बिच्छ्यायो भने उक्त चोकसहित अन्य स्थानमा परेका खाल्डा पनि पुरिने स्थानीयले बताए ।

बजार भित्रका विभिन्न चोकमा चारपाँच बर्ष अघि ढलान गरिएको स्थानमा रडहरु निस्केर दुर्घटना पर्ने जोखिम बढेको छ । ट्राफिक चोक, हल्लनचोक, जिल्ला प्रशासन जाने सडक, बिद्यामन्दिर माबि तर्फको सडक समेत भत्केर खाल्डा परेपछि मोटरसाइकलको यात्रा जोखिमको भएको छ । नगरपालिकाले भने बजार भित्रका मुख्य सडकमा वेवास्ता गरेको स्थानीयले गुनासो गरेका छन् ।

नगरपालिका भवनकै अगाडि बर्षात देखि सडक मर्मत भएको छैन । बरु धुलोले नगरभित्रै असर पर्दापनि पानी हाल्ने वा मर्मत गर्ने काम नभएको स्थानीय आवारोड बासीले गुनासो गरे । गतबर्ष निर्माण शुरु भएको पेटी निर्माणको काम पनि टेलिकम अगाडि पुगेपछि अलपत्र छ । त्यस्तै गल्ली नम्बर राखेर पर्यटक आर्कषण गर्ने नगरको योजना पनि अलपत्रै छ । ‘पोल गाडेको ७ महिना बितिसक्दा पनि कसरी व्यवस्थापन गर्ने भन्ने अन्यौल छ’ वडा नं. २ का गणेश जि.सी.ले भने, ‘पैसा सक्ने मेसो मात्रै हो जस्तो लाग्यो ।’

त्यस्तै नगरपालिकाकै बजारभित्र र बाहिरका सडकहरुमा खाल्डाले यात्रीले सास्ती खेपेका छन् । वडा नंं. ४ को तिनतले देखि धारापानी हुँदै वडा नंं ६ को सिम र कालीमाटी सम्म पुग्ने पक्की सडकमा पनि खल्डा र निकै अप्ठ्यारो बाटो भएको छ । एकपटक सामान्य मर्मत गरेमा सहजै चल्न सक्ने बन्ने भएर पनि नगरपालिकाले वेवास्ता गरेको स्थानीयले गुनासो पोखेका छन् ।

वडा नं. ७ को कार्यालय जाने सडकमा सामान्य मर्मत समेत नगरिदिंदा स्थानीय यात्रीले धुलोले हैरानी खेप्नु परेको गुनासो गरे । ‘मुलपानी तर्फको बाटो निर्माणाधिन छ, त्यसैपनि धुलोले सताउँछ,’ स्थानीय शिक्षक पशुपति शर्माले भने,‘सिम तर्फको बाटोमा एकदुइ ठाउँ जोखिमको बनेको छ, सामान्य मर्मत भएको छैन ।’ निर्माणाधिन सडकको धुलोले विद्यार्थी दिनभर धुलाम्मे बन्ने गरेको उनले गुनासो गरे ।
ढोरपाटनन्यूजबाट साभार ।

सच्चाईएकोः बा.न.पा.–२ का स्थानीय गणेश जि.सी. हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ । पाठकवर्गमा गएको असुविधा प्रति क्षमाप्रार्थी छौं । – सम्पादक

https://www.facebook.com/AGBaglung/posts/pfbid0TToi9CxSoCucjTQd4Ukp9kJ1JnWr6tcEDXyXemBYzfPggYoqufLL7Z5LUh1ziUwTl?__cft__[0]=AZXf4nGINNZ9Zdn685iaZRQx7OZSbsSY0Qhm8JfP9yqQzSkH-VqM-cKwCEs-Ez2d3OqgNe0MN5qxMjTHK5bWJVcfgIACnnXw01oxOhhfGshGRmZItBs8mvuHLYqDTBiWLI18o_SjoPealOyYnjOvDmEaB8XvtMeLOjfSlyumxm9gX3WDHxZ8H8LsRPcPGE5I6nBRg7lSnEIFARL00aEJMFmbuMSBcuOWWkAaJhY2NYiqBQ&__tn__=%2CO*F

 

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

क्यानडाविरुद्ध ओडीआई सिरिजको उपाधि नेपाललाई

त्रिवि खेलमैदानमा सर्वाधिक उच्च स्कोरको रेकर्ड राख्दै युएई

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

उत्पादन बढेपछि बागलुङमा किबीको मूल्य घट्यो

भर्खरै

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास सम्पन्न

बागलुङमा सेतो रगत उत्पादन सुरु

स्थापना दिवसको अवसरमा बागलुङमा दुई पत्रकार सम्मानित

रेश नुन्थला माविले मनायो ७० औँ वार्षिकोत्सव

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki