Skip to content

follow us

baglungkhabar.tv

17th May 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बानपा ९ तित्याङलाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा

bk logo final png
  • १७ पुष २०८१, बुधबार ०५:५४

सुजन रेग्मी
बागलुङ, १७ पौष । बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङलाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । पौष मसान्तसम्म बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने अभियान स्वरुप बानपा ९ तित्याङलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री दिपेन्द्रबहादुर थापाले बालमैत्री स्थानीय शासन युक्त घोषणालाई कार्यान्वयनमा लैजानका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय गाउँबाट बजार झर्नेको संख्या बढ्दै गएपछि विद्यार्थीको संख्या घट्दै गएको उहाँको भनाइ छ ।

अब गाउँमा थोरै विद्यालय तथा आवासीय सुविधासहितको हुनु पर्नेमा थापाले जोड दिए । शिक्षालाई गुणस्तरीय, व्यवहारीक र जीवन उपयोगी गराउनुपर्ने थापाले बताउनुभयो । गाउँमा विकास जाने तर मानिस सबै बजार झर्ने गरेको उहाँको भनाइ छ ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरि रहेको बताउनुभयो । पौष मसान्तसम्म नगरपालिकालाई बालमैत्री पालिका घोषणा गरिने उहाँको भनाइ छ । यसअघि बानपाको वडा नम्वर ४, १३, १४, ११, १, २, ५,६, ७ र ३ लाई बालमैत्री स्थानीय शासन युक्त वडाघोषणा गरिएको थियो ।

अब ८, १0 र १२ नम्बर वडालाई घोषणा गर्न बाँकी रहेको र घोषणाको समय पनि तोकिएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव गणेश थापा, समन्व्य समितिका सदस्य हरिकला पौडेल, बानपा ६ का वडा अध्यक्ष रुद्रबहादुर केसी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका उपसभापति सीता शर्मा, सिवाइसी नेपालका उपाध्यक्ष लक्ष्मण खड्काले मंतव्य व्यक्त गर्नु भएको थियो ।

त्यसैगरी तित्याङ माविका प्रधानाध्यापक कुमारप्रसाद उपाध्याय, तित्याङ स्वास्थ्य चौकीका प्रमुख नारायणप्रसाद पौडेल, स्थानिय बाल संजालका अध्यक्ष निश्चल थापा र तित्याङ माविका विद्यार्थी कवुल थापाले पनि मंतव्य व्यक्त गर्नु भएको थियो । बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणाको प्रतिवेदन वडा अध्यक्ष राजु थापाले प्रस्तुत गर्नुभएको थियो ।

घोषणा पूर्व स्थानीयवासी, जनप्रतिनिधी, विद्यार्थी, शिक्षक, अभिभावक लगाएतको सहभागीतमा भजन किर्तन, पञ्चेवाजा, झाँकी सहितको ¥याली प्रदर्शन गरिएको थियो । कार्यक्रम वडा अध्यक्ष राजु थापाको अध्यक्षता, वडा सदस्य राजु खड्काको स्वागत तथा टिका थापा र इन्द्रा खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

एसएसवाइसी मंगलालाई कालिका कप खुल्ला महिला भलिबलको उपाधि

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा शर्मा र शाक्यको उम्मेदवारी

तीन दिने सहकारी लेखा तथा व्यवस्थापन तालिम सकियो

लोकप्रिय

आजको राशिफल

नेतृत्वको महाधिवेशन मंसिरमा, विचारको पछि

महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले आफ्नो अन्तिम खेल यूएईसँग खेल्दै

तीन दिने सहकारी लेखा तथा व्यवस्थापन तालिम सकियो

भर्खरै
लोकमार्गको अभियानमा निस्कन लागेको माओवादी टोली

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजबाट सुरू

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढने, दुई प्रदेशमा पानी पर्ने

बागलुङका स्थानीय तहको बेरुजु २५ करोड ७२ लाख

पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. (9867685343)

सह-सम्पादक:
खिम बहादुर कार्की (9857620300)

संवाददाताः
सुजन रेग्मी (9860893186)

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki