Skip to content

follow us

baglungkhabar.tv

27th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

विद्यार्थीलाई सम्मान तथा बधाई

bk logo final png
  • १३ असार २०८३, शनिबार १६:२५

बागलुङ ,१३ असार । बागलुङमा रहेको चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङले जिल्ला स्तरीय परीक्षा, एसईई र एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने र उत्तिर्ण विद्यार्थीलाई सम्मान गरेको छ ।

विद्यालयले विशेष कार्यक्रमको आयोजना गरेर शुक्रबार उत्तिर्ण विद्यार्थी र तीनका अभिभावकलाई समेत सम्मान गरेको हो ।

हालै परीक्षाफल आएको कक्षा १२ को परीक्षामा ३.९६ जिपिए ल्याएर नेपाल टप बन्न सफल अंकिता शर्मा, अञ्जना शर्मा र ३.९३ जिपिए ल्याएर धौलागिरी क्षेत्रमा उत्कृष्ट भएका निश्कल गौतमसहित डेढसय विद्यार्थी सम्मानित भएका हुन् । उत्कृष्टलाई नगद पुरस्कार पनि दिइएको थियो ।

उक्त अवसरमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले सामुदायिक र संस्थागत विद्यालय बीचको विभेद अन्त्य गर्दै सबैमा समान पढाई र उत्कृष्ट नतिजा ल्याउन सक्ने बनाउनुपर्ने बताए । उनले उत्कृष्ट अंक ल्याउने विद्यार्थी एकदुइ जना मात्र हुने भन्दै फरक क्षमताको प्रस्तुती गर्न सबैले सक्ने बताए ।

‘तोकिएको परीक्षामा एकदुइ जना मात्रै उत्कृष्ट बन्ने हुन्, अतिरिक्त क्षमता सबैको हुन्छ’ उनले भने, ‘सबैको क्षमतालाई बाहिर आउने अवसर दिनु ठूलो कुरा हो ।’ हरेक बालबालिकाको सफलतामा अभिभावकको भूमिका, मेहेनत र खुसी लुकेको भन्दै उनीहरुलाई सम्मान गरेर विद्यालयले राम्रो गरेको नगरप्रमुख श्रेष्ठले बताए ।

विद्यालय व्यस्थापन समिकिा अध्यक्ष श्रीधर कँडेलको अध्यक्षता, शिक्षक नारायण शर्माको संचालन र प्रधानाध्यापक नवराज श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो

Share

प्रतिक्रिया

थप समाचारहरु

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विद्यार्थीलाई सम्मान तथा बधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki