Skip to content

follow us

baglungkhabar.tv

2nd August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा भोली एडुभर्स मेला हुने

  • सुजन रेग्मी
  • ४ मंसिर २०८१, मंगलवार १८:१२

बागलुङ, ४ मंसिर । ग्रेस इन्टरनेसनल बागलुङले एडुभर्स (२०२४) नामक शैक्षिक मेला गर्ने भएको छ ।

ग्रेस बागलुङले सोमबार पत्रकार सम्मेलन गरेर आगामी मंसिर ५ गते ९बुधबार० मेलाको आयोजना गर्न लागिएको जनाएको छ । ग्रेस बागलुङका निर्देशक ओमकार पौडेलले मेलामा आउने विद्यार्थीहरूलाई कक्षामा विशेष छुटको व्यवस्था गरिएको बताए ।

ग्रेस इन्टरनेसनलले देशका विभिन्न शहरमा एडुभर्स शैक्षिक मेला गर्न लागेको हो । मेलामा अस्ट्रेलिया, क्यानडा, न्यूजिल्यान्ड, युके, अमेरिका, साउथ कोरिया, जापान लगायतका विभिन्न विश्वबिद्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट र परामर्श गर्ने पौडेलले जानकारी दिए । मेलामा विद्यार्थीहरूले १५ भन्दा बढी शैक्षिक संस्थाका प्रतिनिधिसँग प्रत्यक्ष वैदेशिक अध्ययन सम्बन्धी समग्र जानकारी लिन पाउने छन् ।

स्पट एड्मिसन अधिकतम छात्रवृति र अन्य विशेष अवसर प्राप्त गर्न सक्ने उनले बताए । जसले गर्दा उनीहरूको वैदेशिक अध्ययन प्रक्रियालाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने पौडेलले बताए । मेलाबाट अध्ययन गन्तव्य छान्न विद्यार्थीलाई सहज हुनुका साथै गइसकेपछिका चुनौती र अवसरका बारेमा पनि परामर्श गराइने ग्रेस इन्टरनेसनलले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

हेलिकोप्टर मार्फत रिफर गरिएकी सुत्केरीको निधन

भर्खरै

रास्वपा बागलुङको सभापतिमा माझी निर्वाचित

अधिवेशनबाट जिल्लाको साझा नेतृत्प चुन्ने संकल्प गर्नु पर्छ : शर्मा

रास्वपा बागलुङको सभापति पदमा दुईजनाको उम्मेद्धारी

बागलुङमा सद्भाव र्याली सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki