Skip to content

follow us

baglungkhabar.tv

24th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोटले काम चलाउने

bk logo final png
  • बागलुङ खबर
  • २३ भाद्र २०८१, आईतवार १८:११
नेपाली रुपैयाँ

काठमाडौँ, २३ भदौ । हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोटले काम चलाउने भएको छ

दसैँ तिहार लक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो ।

खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाए पनि अगाडि बढेको थिएन ।

राष्ट्र बैङ्कका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने जानकारी दिनुभयो । यसपटक दसैँमा नयाँ नोट वितरण नहुने भन्दै पोखरेलले आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दसैँमा दिने बताउनुभयो ।

दसैँको मनोविज्ञान नै नयाँ नोटसँग जोडिएको हुँदा सर्वसाधारणलाई केही असजिलो लाग्ने भए पनि बिस्तारै सामान्य अवस्थामा आउने राष्ट्र बैङ्कको अपेक्षा रहेको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न यस्तो निर्णय गरेको राष्ट्र बैङ्कले जनाएको छ ।

दसैँमा साना तथा ठुला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैङ्कमार्फत सटही व्यवस्था मिलाइने प्रवक्ता पोखरेलले बताउनुभयो । “ठुलो लागत लगाएर छापेको नयाँ नोट दसैँमा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने गरेको छ । यसकारण दसैँमा नयाँभन्दा पनि सुकिला नोट दिने तयारी गरेका छौँ,” उहाँले भन्नुभयो ।

दसैँ तिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैङ्कले यस पटक सोही नोट सटहीको सुविधा दिने छ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार पाँच सयकै हाराहारीमा नोट सटही गरिने राष्ट्र बैङ्कले जनाएको छ ।

दसैँमा नयाँ नोट छापेर बजारमा पठाउने, तिनै नोट चाडपर्वमा प्रयोग गर्दा छिट्टै बिग्रने गरेको हुँदा यसलाई कमी गर्न राष्ट्र बैङ्कले नयाँ नोट बन्द गर्न लागेको प्रस्ट पारेको छ । सामान्यतया नोटको दर अनुसार तीनदेखि चार वर्ष नोटको आयु हुने राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कका अनुसार पाँच वर्षको औसत हेर्दा नयाँ नोट छपाइका लागि नै एक अर्ब ३० करोड रुपियाँ बर्सेनि खर्च हुँदै आएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

होटल तथा रेष्टुरेन्ट व्यवसायीको १ लाख ४५ हजार सहयोग

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु

ब्लु हिल निर्माणको काम तीव्र गतिमा (तस्विरहरु)

भर्खरै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

कालिका मन्दिरमा भक्तजन बढे

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki