Skip to content

follow us

baglungkhabar.tv

13th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

bk logo final png
  • बागलुङ खबर
  • ३१ असार २०८३, बुधबार ०७:४५

काठमाण्डौ, ३१ असार । स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा पुगेको छ । गएराति भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्स २ गोलले पराजित भयो ।

अमेरिकाको डलास स्टेडियममा भएको खेलमा स्पेनका लागि पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकएक गोल गरे । स्पेनले २२औँ मिनेटमा पेनाल्टीमा गोल गरी अग्रता बनाएको थियो । फ्रान्सका लुकास डिनेको फाउलपछि प्राप्त पेनाल्टीलाई मिकेलले गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

स्पेनले दोस्रो हाफको ५८औँ मिनेटमा अग्रता दोब्बर बनायो । उसका पेड्रोले डानी ओल्मोसँग उत्कृष्ट वान टु वान पास खेले र ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे । त्यसपछि थप गोल हुन सकेन ।

सन् २०१० को उपाधि विजेता स्पेन १६ वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुग्न सफल भयो । स्पेनले अब उपाधिका लागि अर्जेन्टिना र इङ्ग्ल्यान्डबिचको विजेतासँग खेल्नेछ ।

दोस्रो सेमिफाइनलमा आज मध्य राति पौने १ बजे इङ्ग्ल्यान्ड र अर्जेन्टिनाले खेल्दैछन् । अर्जेन्टिना साविक उपाधि विजेता टोली हो ।

विश्वकपको फाइनल खेल साउन ३ गते आइतबार राति पौने १ बजे हुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki