Skip to content

follow us

baglungkhabar.tv

25th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

निर्वाचनबाट विद्यालयमा क्याप्टेन चयन

  • अर्जुन कार्की ।
  • ४ जेष्ठ २०८१, शुक्रबार २१:१३

बागलुङ, ४ जेठ । बागलुङको एक विद्यालयमा मतदान प्रक्रियाबाट विद्यार्थीहरुले क्याप्टेन र भाइस क्याप्टेन चयन गरेका छन् । नेपालमा सामान्यतया राजनीतिक तहमा ‘लिडर’ छान्ने प्रायः चुनाव हुने गर्छ । तर, शुक्रबार बागलुङ नगरपालिका–१ रामरेखामा रहेको सिदार्थ शिक्षा सदनमा निर्वाचनबाट विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको छ ।

संसदीय निर्वाचनको भल्को दिने गरी लोकतान्त्रिक पद्धति अनुसार मतदानबाट एक वर्षको लागि विद्यार्थीहरुले क्याप्टेन र भाइस क्याप्टनेको साथै चार वटा हाउस (समुह)का क्याप्टेन र भाइस क्याप्टेन समेत छनोट गरेका छन् । विद्यालयमा विद्यार्थीहरुविच क्याप्टेन चयन गर्नको लागि समय निर्धारण गरिएपनि केही पदमा सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट चयन गरिएको विद्यालयका प्रिन्सिपल भोजेन्द्र थापाले जानकारी दिनुभयो ।

शिक्षण सिकाई क्रियाकलापलाई समेत सहज हुने गरी विद्यालयले निर्वाचन प्रक्रियाबाट एक वर्षका लागि विद्यालय क्याप्टेन, भाइस क्याप्टेन तथा हाउस क्याप्टेन र हाउस भाइस क्याप्टेन छनोट गरिएको निर्वाचन कोडिनेटर तथा शिक्षक नगेन्द्र हमालले बताउनुभयो । निर्वाचनबाट कक्षा १० मा अध्ययनरत श्रेया छन्त्यालले १२९ मत प्राप्त गरी विद्यालयको क्याप्टेनमा निर्वाचित भएको निर्वाचन अधिकृत तथा विद्यालयका भाइस प्रिन्सिपल प्रेम बहादुर थापाले जानकारी दिनुभयो । उनका निकटतम प्रतिद्वन्द्वी सचिन क्षेत्रीले १ सय ७ मत प्राप्त गरेका थिए । यस्तै विद्यालयको भाइस क्याप्टेनमा प्रमिसा सापकोटा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत थापाले बताउनुभयो ।

निर्वाचिन अधिकृत थापाका अनुसार पहेंलो हाउसको प्रमुखमा आशिका छन्त्याल र उपप्रमुखमा सिम्रन कार्की निर्वाचित भएका छन् । छन्त्यालले ३२ मत प्राप्त गरेकी थिइनभने कार्की निर्विरोध निर्वाचित भएकी हुन् । यस्तै ग्रिन हाउसको प्रमुखमा समृद्धि थापा र उपप्रमुख स्नेह खड्का निर्वाचित भएका छन् । प्रमुख थापाले ४० मत ल्याइनभने उपप्रमुख खड्का निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो ।

यस्तै रेड हाउसको प्रमुखमा समिक्षा कार्की र उपप्रमुखमा आरध्या सेवा निर्वाचित भएका छन् । प्रमुख कार्कीले ४५ मत र उपप्रमुख सेवाले ४० मत प्राप्त गरेर निर्वाचित भएका छन् । यस्तै ब्लु हाउसको प्रमुखमा एरिका थापा र उपप्रमुखमा कृति निर्वाचित भएका छन् । प्रमुख थापाले ३५ मत र उपप्रमुख कृतिले ४० मत प्राप्त गरेर निर्वाचित भएको निर्वाचन प्रमुख थापाले जानकारी दिए ।

निर्वाचनमा २३ जना विद्यार्थीहरु विभिन्न पदका उम्मेदवार थिए । निर्वाचनमा कक्षा २ देखि १० सम्मका ३ सय २० जना विद्यार्थीहरुले मतदान गरेको निर्वाचन कोडिनेटर हमालले बताउनुभयो ।

विद्यालयले केही दिन पहिले विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन सहित हाउसका क्याप्टेन र भाइस क्याप्टेनको उम्मेदवारी खुल्ला गरेको थियो । निर्धारितसमयमा सीमाचित्र मनोचयनदर्ता र मनोनयन दर्तापछि उम्मेदवारी फिर्ता गर्ने दिनको समयसिमा समेत तोकेको थियो । बहिबार मतदानमार्फत क्याप्टेन र भाइस क्याप्टेन चुन्ने प्रक्रियामा विद्यार्थीहरूलाई नमुना मतपत्र बनाएर मतदान गर्ने तरिका सिकाइएको थियो । विद्यालयका कक्षा २ देखि १० सम्मका सबै विद्यार्थीहरूलाई मतदान गर्न पाउने व्यवस्था सहित मतदाता नामावली प्रकाशन, आफ्नो प्रतिबद्धता राखेर मत माग्ने समय समेत दिइएको थियो । प्रतिस्पर्धी विद्यार्थीहरूले आफ्नो योजना सहित विद्यालयमा रहेका विद्यार्थीहरूलाई मत समेत मागेका थिए ।

शुक्रवार विहान १० बजेदेखि विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेनको लागि दुई वटा मतदान केन्द्र निर्धारण गरेर मतदान गराइएको थियो । निर्वाचनलाई सम्पन्न गराउन शिक्षकहरुलाई निर्वाचन अधिकृत र मतदान अधिकृत, विद्यार्थीहरुलाई उम्मेदवारको एजेन्टको रुपमा जिम्मेबारी तोकिएको थियोभने अभिभावकलाई परिवेक्षकको रुपमा जिम्मेवारी तोकिएको थियो ।

विद्यार्थीहरूमा प्रजातान्त्रिक व्यवस्थाअनुसार आफूले चाहेको लिडर कसरी छान्ने भन्ने कुराको नमुना प्रस्तुत गर्न यसरी निर्वाचन आयोजना गरिएको विद्यालयका प्रिन्सिपल थापाले बताउनुभयो । उहाँले लोकतान्त्रिक पद्धति अनुसार लिडर चयन गर्ने बारेमा विद्यार्थीहरुले पुस्तकमा अध्ययन मात्र गर्ने गरेको बताउँदै यस पटक विद्यालयमा प्राक्टीकलको रुपमा निर्वाचन नै गराइएको बताउनुभयो । ‘विद्यार्थीलाई सानैदेखि कस्तो व्यक्ति छान्ने भन्ने ज्ञान होस् र कसरी अनुशासित र अब्बल नेतृत्व छान्न सकिन्छ भन्ने जान्नका लागि निर्वाचनले मद्दत गर्ने छभने यस्ता क्रियाकलापले राष्ट्रिय स्तरका निर्वाचनमा समेत सही नेतृत्व छान्न सहयोग पुग्ने आशा दिएका छौं’, प्रिन्सिपल थापाले भन्नुभयो ।

विद्यालयले शुक्रबार मतदानपछि मतगणना गरेर निर्वाचित विद्यार्थीहरुलाई बधाई तथा सपथ ग्रहण समेत गराएको थियो । निर्वाचित अधिकृत थापाले विद्यालयको क्याप्टेनमा निर्वाचित श्रेया छन्त्याललाई र क्याप्टेन छन्त्यालले उपप्रमुख सहित हाउसका प्रमुख र उपप्रमुखलाई सपथ ग्रहण गराएकी थिइन ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

जैमिनी नगरपालिकाकाे आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki