Skip to content

follow us

baglungkhabar.tv

18th December 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

निर्वाचनबाट विद्यालयमा क्याप्टेन चयन

  • अर्जुन कार्की ।
  • ४ जेष्ठ २०८१, शुक्रबार २१:१३

बागलुङ, ४ जेठ । बागलुङको एक विद्यालयमा मतदान प्रक्रियाबाट विद्यार्थीहरुले क्याप्टेन र भाइस क्याप्टेन चयन गरेका छन् । नेपालमा सामान्यतया राजनीतिक तहमा ‘लिडर’ छान्ने प्रायः चुनाव हुने गर्छ । तर, शुक्रबार बागलुङ नगरपालिका–१ रामरेखामा रहेको सिदार्थ शिक्षा सदनमा निर्वाचनबाट विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको छ ।

संसदीय निर्वाचनको भल्को दिने गरी लोकतान्त्रिक पद्धति अनुसार मतदानबाट एक वर्षको लागि विद्यार्थीहरुले क्याप्टेन र भाइस क्याप्टनेको साथै चार वटा हाउस (समुह)का क्याप्टेन र भाइस क्याप्टेन समेत छनोट गरेका छन् । विद्यालयमा विद्यार्थीहरुविच क्याप्टेन चयन गर्नको लागि समय निर्धारण गरिएपनि केही पदमा सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट चयन गरिएको विद्यालयका प्रिन्सिपल भोजेन्द्र थापाले जानकारी दिनुभयो ।

शिक्षण सिकाई क्रियाकलापलाई समेत सहज हुने गरी विद्यालयले निर्वाचन प्रक्रियाबाट एक वर्षका लागि विद्यालय क्याप्टेन, भाइस क्याप्टेन तथा हाउस क्याप्टेन र हाउस भाइस क्याप्टेन छनोट गरिएको निर्वाचन कोडिनेटर तथा शिक्षक नगेन्द्र हमालले बताउनुभयो । निर्वाचनबाट कक्षा १० मा अध्ययनरत श्रेया छन्त्यालले १२९ मत प्राप्त गरी विद्यालयको क्याप्टेनमा निर्वाचित भएको निर्वाचन अधिकृत तथा विद्यालयका भाइस प्रिन्सिपल प्रेम बहादुर थापाले जानकारी दिनुभयो । उनका निकटतम प्रतिद्वन्द्वी सचिन क्षेत्रीले १ सय ७ मत प्राप्त गरेका थिए । यस्तै विद्यालयको भाइस क्याप्टेनमा प्रमिसा सापकोटा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत थापाले बताउनुभयो ।

निर्वाचिन अधिकृत थापाका अनुसार पहेंलो हाउसको प्रमुखमा आशिका छन्त्याल र उपप्रमुखमा सिम्रन कार्की निर्वाचित भएका छन् । छन्त्यालले ३२ मत प्राप्त गरेकी थिइनभने कार्की निर्विरोध निर्वाचित भएकी हुन् । यस्तै ग्रिन हाउसको प्रमुखमा समृद्धि थापा र उपप्रमुख स्नेह खड्का निर्वाचित भएका छन् । प्रमुख थापाले ४० मत ल्याइनभने उपप्रमुख खड्का निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो ।

यस्तै रेड हाउसको प्रमुखमा समिक्षा कार्की र उपप्रमुखमा आरध्या सेवा निर्वाचित भएका छन् । प्रमुख कार्कीले ४५ मत र उपप्रमुख सेवाले ४० मत प्राप्त गरेर निर्वाचित भएका छन् । यस्तै ब्लु हाउसको प्रमुखमा एरिका थापा र उपप्रमुखमा कृति निर्वाचित भएका छन् । प्रमुख थापाले ३५ मत र उपप्रमुख कृतिले ४० मत प्राप्त गरेर निर्वाचित भएको निर्वाचन प्रमुख थापाले जानकारी दिए ।

निर्वाचनमा २३ जना विद्यार्थीहरु विभिन्न पदका उम्मेदवार थिए । निर्वाचनमा कक्षा २ देखि १० सम्मका ३ सय २० जना विद्यार्थीहरुले मतदान गरेको निर्वाचन कोडिनेटर हमालले बताउनुभयो ।

विद्यालयले केही दिन पहिले विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन सहित हाउसका क्याप्टेन र भाइस क्याप्टेनको उम्मेदवारी खुल्ला गरेको थियो । निर्धारितसमयमा सीमाचित्र मनोचयनदर्ता र मनोनयन दर्तापछि उम्मेदवारी फिर्ता गर्ने दिनको समयसिमा समेत तोकेको थियो । बहिबार मतदानमार्फत क्याप्टेन र भाइस क्याप्टेन चुन्ने प्रक्रियामा विद्यार्थीहरूलाई नमुना मतपत्र बनाएर मतदान गर्ने तरिका सिकाइएको थियो । विद्यालयका कक्षा २ देखि १० सम्मका सबै विद्यार्थीहरूलाई मतदान गर्न पाउने व्यवस्था सहित मतदाता नामावली प्रकाशन, आफ्नो प्रतिबद्धता राखेर मत माग्ने समय समेत दिइएको थियो । प्रतिस्पर्धी विद्यार्थीहरूले आफ्नो योजना सहित विद्यालयमा रहेका विद्यार्थीहरूलाई मत समेत मागेका थिए ।

शुक्रवार विहान १० बजेदेखि विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेनको लागि दुई वटा मतदान केन्द्र निर्धारण गरेर मतदान गराइएको थियो । निर्वाचनलाई सम्पन्न गराउन शिक्षकहरुलाई निर्वाचन अधिकृत र मतदान अधिकृत, विद्यार्थीहरुलाई उम्मेदवारको एजेन्टको रुपमा जिम्मेबारी तोकिएको थियोभने अभिभावकलाई परिवेक्षकको रुपमा जिम्मेवारी तोकिएको थियो ।

विद्यार्थीहरूमा प्रजातान्त्रिक व्यवस्थाअनुसार आफूले चाहेको लिडर कसरी छान्ने भन्ने कुराको नमुना प्रस्तुत गर्न यसरी निर्वाचन आयोजना गरिएको विद्यालयका प्रिन्सिपल थापाले बताउनुभयो । उहाँले लोकतान्त्रिक पद्धति अनुसार लिडर चयन गर्ने बारेमा विद्यार्थीहरुले पुस्तकमा अध्ययन मात्र गर्ने गरेको बताउँदै यस पटक विद्यालयमा प्राक्टीकलको रुपमा निर्वाचन नै गराइएको बताउनुभयो । ‘विद्यार्थीलाई सानैदेखि कस्तो व्यक्ति छान्ने भन्ने ज्ञान होस् र कसरी अनुशासित र अब्बल नेतृत्व छान्न सकिन्छ भन्ने जान्नका लागि निर्वाचनले मद्दत गर्ने छभने यस्ता क्रियाकलापले राष्ट्रिय स्तरका निर्वाचनमा समेत सही नेतृत्व छान्न सहयोग पुग्ने आशा दिएका छौं’, प्रिन्सिपल थापाले भन्नुभयो ।

विद्यालयले शुक्रबार मतदानपछि मतगणना गरेर निर्वाचित विद्यार्थीहरुलाई बधाई तथा सपथ ग्रहण समेत गराएको थियो । निर्वाचित अधिकृत थापाले विद्यालयको क्याप्टेनमा निर्वाचित श्रेया छन्त्याललाई र क्याप्टेन छन्त्यालले उपप्रमुख सहित हाउसका प्रमुख र उपप्रमुखलाई सपथ ग्रहण गराएकी थिइन ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नेपाली ढाकाको डोरो, हाम्रो पहिचान (कविता)

ताराखोलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाईते

मुस्ताङका कृषक च्याङ्ग्रा बेच्न बजारमा

लोकप्रिय

बढ्यो सुनचाँदीको मूल्य

बागलुङमा मेयर कप फुटबलको ट्रफी सार्वजनिक

यसरी भर्नुहोस् अमेरिका जाने ईडीभी फाराम

माडीमा नेपालकै अग्लो चक्रशिला स्थापना

भर्खरै

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

पोर्चुगलले जित्यो यु१७ विश्वकप फुटबलको उपाधि

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki