Skip to content

follow us

baglungkhabar.tv

18th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

वर्तमान सरकार अग्रगामी सरकार हाे: एमाले उपाध्यक्ष पौडेल

bk logo final png
  • बागलुङ खबर
  • २९ चैत्र २०८०, बिहीबार २१:१३

बागलुङ, २९ चैत्र । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपाली काँग्रेसले वर्तमान समिरकरणलाई विगारेर सरकारमा आउनको लागि संसदीय छानविन समितिको माग गरेको बताएका छन् । नेकपा एमाले बागलुङको दशौं जिल्ला अधिवेशनको बिहिबार उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले वर्तमान सरकार गिराउनको लागि नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको विषयमा अनुसन्धान गर्न संसदिय छानविन समिति बनाउनुपर्ने माग गरिरहेको आरोप लगाए ।

उपाध्यक्ष पौडेलले गृहमन्त्रीको विषयमा अनुसन्धान गर्न संसदिय छानविन समिति बन्छ भन्नु भ्रम मात्रै भएको बताउँदै सहकारी ठगिका विषयमा राज्यका निकायहरुले अनुसन्धान गरिरहेकाले अहिलेनै संसदिय छानविन समिति आवश्यक नरहेको बताए । ‘राज्यका निकायहरुले सहकारी ठगिका विषयमा अनुसन्धान गरिरहेका छन्,’ पौडेलले भने,‘छानविन नगर्ने भन्ने होइन, सत्ताबाट प्रतिपक्षमा पुगेको काँग्रेसको नियत ठिक छैन्,उसले सत्ता समिकरण विगार्नको लागि मात्रै यो माग गरिरहेको छ ।’ काँग्रेस संसदको समय दुरुपयोगको काममा मात्रै तल्लिन भएको पौडेलको भनाई छ ।

वर्तमान सरकार र सत्ता समिकरण लामो सयम टिक्ने भन्दै पौडेलले अहिलेको समिकरण बिगार्न लागेकाहरु प्रति एमाले सचेत रहेको बताए । उनले कम्युनिष्ट फुटालेर राज गर्न खोज्ने कांग्रेसको पालो अव सकिएको जिकीर गरे । कम्युनिष्ट शक्तिहरुका बीचमा समिकरण बन्दा जनतामा आशा पलाएको भन्दै पौडेलले यो सरकारले जनताका काम गर्ने बताए ।

उपाध्यक्ष पौडेलले वर्तमान सरकार अग्रगामी सरकार भएको बताए । उनले वर्तमान सरकार टिकाउन नदिन विभिन्न षड्यन्त्रहरु भइरहेको बताउँदै एमालेले वर्तमान सरकारलाई २०८४ को निर्वाचनसम्म लैजाने बताए । देशको विकास र समृद्धिको लागि र आम नागरिकको भविष्य राम्रो बनाउनको लागि एमाले शक्तिशाली हुनुपर्ने उपाध्यक्ष पौडेलको भनाई छ । ‘एमाले बलियो नभएमा देश कमजोर हुन्छ,’ उपाध्यक्ष पौडेलले भने,‘देशको विकास, समृद्धि र नागरिकको भविष्य राम्रो बनाउनको लागि एमाले शक्तिशाली हुनुपर्छ । त्यसको लागि सवै नेताकार्यकर्ताहरु एक जुट भएर लाग्नुपर्छ ।’

उद्घाटन सत्रमा नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव गोकर्ण विष्टु, पोलिटव्युरो सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज जगत विश्वकर्मा र स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले देशको विकासको लागि एमालेलाई शसक्त गराउन सम्पूर्ण लाग्नुपर्ने बताएका थिए । उनीहरुले २०८४ लाई एमालेले मिसनको रुपमा लिएको बताउँदै अहिले एमालेको पक्षमा जनलहर आइरहेको बताए ।

https://www.facebook.com/Baglungkhabarnewss/posts/pfbid0W1W44skFPT8jNK4WZ72fQuyu88Uqbkv7pzMu3iKnuwqT75J5oUQZonaNE9YWy7F1l?__cft__[0]=AZVa5qXRBNMak6uixmmJTz_m3vLR_ixQUceVJv7SBW6bMgeAvQtlF0df9AvISteD_TCx6p9MrBVvCcrupiNdNb44zflKjrURXMMgylW2DOZOmExlT178euH2V22mERLfUcv1-N794j-wZQraLJeqoaRCYmZtoxgicKisOPvrnwTV6tQIKUSEd3n6xW4Khux6waw&__tn__=%2CO%2CP-R

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

भर्खरै

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी सुनिताले पाईन नागरिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki