पोखरा, २९ चैत्र । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पोखरा महानगरपालिकाकी सब(इन्जिनियरसहित दुई जना पक्राउ परेका छन् ।
पोखरा महानगरको नक्सा शाखामा कार्यरत सब(इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले आज पक्राउ गरेको हो ।
उनीहरूको साथबाट सेवाग्रहीसँग लिएको डेढ लाख रुपैयाँ पनि बरामद भएको छ ।