Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ सुधार केन्द्रले जित्याे जेसीज कपको उपाधि

  • अर्जुन कार्की
  • २ चैत्र २०८०, शुक्रबार २०:३०

बागलुङ, २ चैत्र । ‘अर्ना दोस्रो जेसीज कप’को उपाधि बागलुङ सुधार केन्द्रले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा साविक विजेता नेपाल आर्मीको श्रीमेहर गणलाई ३–२ गोलअन्तरले पराजित गर्दै सुधार केन्द्रले उपाधि चुमेको हो ।

डिफेन्डिङ च्याम्पियन श्रीमेहर गणले सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा लगातार उपाधि जित्नबाट बन्चित भयो । खेलको चौथो मिनेटमा यामलाल कंडेलले गोल गर्दै गणलाई अग्रता दिलाएका थिए । त्यस लगतै सुधार केन्द्रका बरदान निउरेले डिबक्स बाहिरबाट प्रहार गरेको बल पोष्टमा लाग्दै बाहिरिएको थियो ।

खेलको २१ औं मिनेटमा कप्तान प्रकाश निरौलाले गोल गर्दै गणको अग्रता दोब्बर बनाएका पनि धेरै बेर टिक्न सकेन् । दुई गोलले पछि परेको सुधार केन्द्रको लागि खेलको २४ औं मिनेटमा क्यामरुनी खेलाडी साम्बा ओस्करले गोल गर्दै पहिलो हाफमा खेललाई २–१ मा पु¥याएका थिए ।

दोस्रो हाफमा सुरुवातदेखि आक्रमक खेल प्रस्तुत गरेको सुधार केन्द्रले ४९ औं मिनेटमा आशिष केसीको फ्रिकिक बललाई अभिशेक रानाले हेडमार्फत आर्कषक गोल गर्दै खेललाई २–२ गोलको बराबरी गराएका थिए ।

निकै प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको ९३ औं मिनेटमा सुधार केन्द्रका वरदान न्यूरेले गोल गर्दै टिमलाई अग्रता दिलाए । न्यूरेको गोल नै सुधार केन्द्रलाई उपाधि दिलाउन निर्णायक बन्यो ।

विजेता बागलुङ सुधार केन्द्रले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता श्रीमेहर गणले ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै विधागत पुरस्कारमा पनि सुधार केन्द्रका खेलाडीको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बागलुङ सुधार केन्द्रका बरदान न्यूरे बनेका छन् । न्यूरेले सुधार केन्द्रको लागि सेमिफाइनल र फाइनल खेलमा निर्णायक गोल गरेका थिए । यस्तै सुधार केन्द्रका साम्बो ओस्कर सर्वाधिक गोलकर्ता बनेका छन् । उनले प्रतियोगितामा ५ गोल गरेका थिए । सुधार केन्द्रकै मार्टो भेराटी उत्कृष्ट मिडफिल्डर र अशोक रेग्मी उत्कृष्ट गोलरक्षक बनेका छन् । यस्तै श्रीमेहर गणका खुम कट्वाल उत्कृष्ट डिफेन्डर घोषित भए । यस्तै आदर्श स्पोर्टस क्लबका फिलिप्स भिक्टर उत्कृष्ट गोलकर्ता बनेका छन् ।बागलुङ जेसीजले आयोजना गरेको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki