Skip to content

follow us

baglungkhabar.tv

17th May 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ सुधार केन्द्रले जित्याे जेसीज कपको उपाधि

  • अर्जुन कार्की
  • २ चैत्र २०८०, शुक्रबार २०:३०

बागलुङ, २ चैत्र । ‘अर्ना दोस्रो जेसीज कप’को उपाधि बागलुङ सुधार केन्द्रले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा साविक विजेता नेपाल आर्मीको श्रीमेहर गणलाई ३–२ गोलअन्तरले पराजित गर्दै सुधार केन्द्रले उपाधि चुमेको हो ।

डिफेन्डिङ च्याम्पियन श्रीमेहर गणले सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा लगातार उपाधि जित्नबाट बन्चित भयो । खेलको चौथो मिनेटमा यामलाल कंडेलले गोल गर्दै गणलाई अग्रता दिलाएका थिए । त्यस लगतै सुधार केन्द्रका बरदान निउरेले डिबक्स बाहिरबाट प्रहार गरेको बल पोष्टमा लाग्दै बाहिरिएको थियो ।

खेलको २१ औं मिनेटमा कप्तान प्रकाश निरौलाले गोल गर्दै गणको अग्रता दोब्बर बनाएका पनि धेरै बेर टिक्न सकेन् । दुई गोलले पछि परेको सुधार केन्द्रको लागि खेलको २४ औं मिनेटमा क्यामरुनी खेलाडी साम्बा ओस्करले गोल गर्दै पहिलो हाफमा खेललाई २–१ मा पु¥याएका थिए ।

दोस्रो हाफमा सुरुवातदेखि आक्रमक खेल प्रस्तुत गरेको सुधार केन्द्रले ४९ औं मिनेटमा आशिष केसीको फ्रिकिक बललाई अभिशेक रानाले हेडमार्फत आर्कषक गोल गर्दै खेललाई २–२ गोलको बराबरी गराएका थिए ।

निकै प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको ९३ औं मिनेटमा सुधार केन्द्रका वरदान न्यूरेले गोल गर्दै टिमलाई अग्रता दिलाए । न्यूरेको गोल नै सुधार केन्द्रलाई उपाधि दिलाउन निर्णायक बन्यो ।

विजेता बागलुङ सुधार केन्द्रले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता श्रीमेहर गणले ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै विधागत पुरस्कारमा पनि सुधार केन्द्रका खेलाडीको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बागलुङ सुधार केन्द्रका बरदान न्यूरे बनेका छन् । न्यूरेले सुधार केन्द्रको लागि सेमिफाइनल र फाइनल खेलमा निर्णायक गोल गरेका थिए । यस्तै सुधार केन्द्रका साम्बो ओस्कर सर्वाधिक गोलकर्ता बनेका छन् । उनले प्रतियोगितामा ५ गोल गरेका थिए । सुधार केन्द्रकै मार्टो भेराटी उत्कृष्ट मिडफिल्डर र अशोक रेग्मी उत्कृष्ट गोलरक्षक बनेका छन् । यस्तै श्रीमेहर गणका खुम कट्वाल उत्कृष्ट डिफेन्डर घोषित भए । यस्तै आदर्श स्पोर्टस क्लबका फिलिप्स भिक्टर उत्कृष्ट गोलकर्ता बनेका छन् ।बागलुङ जेसीजले आयोजना गरेको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

एसएसवाइसी मंगलालाई कालिका कप खुल्ला महिला भलिबलको उपाधि

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा शर्मा र शाक्यको उम्मेदवारी

तीन दिने सहकारी लेखा तथा व्यवस्थापन तालिम सकियो

लोकप्रिय

आजको राशिफल

नेतृत्वको महाधिवेशन मंसिरमा, विचारको पछि

महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले आफ्नो अन्तिम खेल यूएईसँग खेल्दै

तीन दिने सहकारी लेखा तथा व्यवस्थापन तालिम सकियो

भर्खरै
लोकमार्गको अभियानमा निस्कन लागेको माओवादी टोली

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजबाट सुरू

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढने, दुई प्रदेशमा पानी पर्ने

बागलुङका स्थानीय तहको बेरुजु २५ करोड ७२ लाख

पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. (9867685343)

सह-सम्पादक:
खिम बहादुर कार्की (9857620300)

संवाददाताः
सुजन रेग्मी (9860893186)

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki