Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

उपाधिको लागि बागलुङ सुधार केन्द्र र श्रीमेहर गण भिड्ने

bk logo final png
  • बागलुङ खबर
  • १ चैत्र २०८०, बिहीबार २०:३९

बागलुङ, १ चैत । दोस्रो संस्करणको ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधिको लागि बागलुङ सुधार केन्द्र र श्रीमेहर गण भिड्ने भएका छन् ।

बिहिबार सम्पन्न सेमिफाइनल खेलमा बागलुङ सुधार केन्द्रले रुद्रेपिपल युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । सुधार केन्द्रको लागि विदेशी खेलाडी साम्बो ओस्कारले पहिलो गोल गरेका थिए । खेलको ४७ औं मिनेटमा आशिष केसीले प्रहार गरेको फ्रिकिक बललाई ओस्कारले गोलमा परिणत गरेका थिए ।

रुद्रेपिपलका अविशेक गुरुङले खेलको ५७ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । गुरुङले डिबक्स भित्र सुधार केन्द्रका गोलरक्षक सहित दुई डिफेन्डरलाई विट गरेर सुन्दर गोल गरेका थिए ।

खेलको ८० औं मिनेटमा बरदान निउरे गोल गर्दै बागलुङ सुधार केन्द्रलाई फाइनलमा स्थान पक्का गराए । साम्बो ओस्कारको पासलाई निउरेले सुन्दर गोलमा परिणत गरेका थिए ।

यस्तै साविक विजेता नेपाल आर्मीको श्रीमेहर गणले फाइनलमा स्थान पक्का गरेको छ । दोस्रो सेमिफाइनल खेलमा श्री मेहर गणले आदर्श स्पोर्टस् क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । गणको लागि खेलको दोस्रो मिटेमा प्रकाश निरौलाले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको १९ औं मिनेटमा आदर्शका सुरेन्द्र गुरुङले गोल गर्दै खेललाई बराबरीमा पु¥याए । खेलको ७९ औं मिनेटमा रामशरण चौधारीले गोल गर्दै श्री मेहर गणको फाइनल यात्रा पक्का गरे । खेलको ४५ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका चौधारीले सुन्दर गोल गर्दै गणलाई दोस्रो संकरणमा पनि फाइनलमा पु¥याए ।

प्रतियोगिताको फाइनल शुक्रबार हुने आयोजक बागलुङ जेसीजका अध्यक्ष गणेश महतोले बताए । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १ लाख ५५ हजार ५ सय ५५ र ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै सेमिफाइनल पुग्ने टिमले १५ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष महतोले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गर्ने छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki