Skip to content

follow us

baglungkhabar.tv

20th January 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जेसीज कपको सेमिफाइनल समिकरण पुरा

bk logo final png
  • बागलुङ खबर
  • ३० फाल्गुन २०८०, बुधबार २१:०४

बागलुङ, ३० फागुन । दोस्रो संकरणको ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

बुधबार रुद्रेपिपल युवा क्लब र आदर्श स्पोर्टस् क्लबले जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेपछि सेमिफाइनल समिकरण पुरा भएको हो । मंगलबार नै बागलुङ सुधार केन्द्र र श्रीमेहर गण सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

बुधबार भएको तेस्रो क्वारटफाइनलमा रुद्रेपिपलले बुद्धचित्त फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित ८० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राईबेकरबाट लिनु परेको थियो ।

खेलको १४ औं मिनेटमा रुद्रेपिपलका अविशेक गुरुङले गोल गर्दै अग्रता दिलाएका थिए । यद्यपि रुद्रेपिपलले त्यो अग्रता जोगाउन सकेन । बुद्धचित्तका आशिष रोका मगरले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याए । आशिषले दोस्रो हाफमा थप गरिएको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गरेका थिए ।

ट्राईबेकरमा रुद्रेपिपलका अर्जुन मगर, अमृत कुँवर, मनिष क्षेत्री र भिषण गुरुङले गोल गरेपनि रोशन लामिछानेको प्रहार बाहिरिएको थियो । बुद्धचित्तबाट कमल थिंग, आशिष राना मगर र कोपिल छन्त्यालले गोल गर्न सफल भएभने फिराज घिमिरे र अंकित गुरुङको बल रुद्रेपिपलका गोलरक्षक सन्दिप क्षेत्रीले बचाएका थिए ।

यस्तै बुधबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आदर्श स्पोर्टस् क्लबले धवलागिरी बहुमुखी क्याम्पसलाई ५–० गोलअन्तरले पराजित गदैै सेमिफाइनलमा प्रवेश गर्यो ।

खेलमा धौलागिरी बहुमुखी क्याम्पस माथि आदर्श स्पोर्टस पूर्ण रुपमा हावी भएको थियो । खेलको पाँचौं मिनेटमा विदेशी खेलाडी फिलिप्स भिक्टरले गोल गर्दै आदर्शलाई अग्रता दिलाएका थिए । आदर्शको लागि खेलको १० औं मिनेटममा रिजन पुन र २० औं मिनेटमा सुरेन्द्र गुरुङले गोल गर्दै पहिलो हाफमा ३–० को अग्रता दिलाए । भिक्टरले खेलको ४५ औं मिनेटमा व्यक्तिगत दोस्रो र टिमको लागि चौथो गोल गरेभने युवराज ढकालले ६७ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।

बागलुङ जेसीजले आयोजना गरेको प्रतियोगितामा बिहिबार सेमिफाइनलका खेल हुनेछन् । पहिलो खेल बागलुङ सुधार केन्द्र र रुद्रेपिपल युवा क्लब विचहुनेछ भने दोस्रो खेल श्रीमेहर गण र आदर्श स्पोर्टस् क्लब विच हुने अध्यक्ष गणेश महतोले जानकारी दिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नेपाली ढाकाको डोरो, हाम्रो पहिचान (कविता)

ताराखोलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाईते

मुस्ताङका कृषक च्याङ्ग्रा बेच्न बजारमा

लोकप्रिय

दृष्टिविहीन महिला टि ट्वान्टी विश्वकप क्रिकेटको उपाधि भारतलाई, नेपाल उपविजेता

सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी

पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना पुष्टि

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

भर्खरै

निर्वाचन लक्षित छलफल गर्न बागलुङमा सर्वपक्षीय बैठक

महिला समूहलाई बाख्रा उपहार

धवलागिरि बहुमुखी क्याम्पसको ६३ औं वार्षिकोत्सब आजदेखि सुरु

धौलागिरी अस्पतालको ६७ औं वार्षिकोत्सब कार्यकम आजबाट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki