Skip to content

follow us

baglungkhabar.tv

13th July 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अर्ना जेसीज कपमा बागलुङ सुधार केन्द्र र फुटबल संघ म्याग्दीको विजयी सुरुवात

bk logo final png
  • बागलुङ खबर
  • २७ फाल्गुन २०८०, आईतवार १९:५३

बागलुङ, २७ फागुन । बागलुङमा दोस्रो संस्करणको अर्ना जेसीज कप फुटबल प्रतियोगिता आईतबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन बागलुङ सुधार केन्द्र र जिल्ला फुटबल संघ म्याग्दी विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

उद्घाटन खेलमा विदेशी खेलाडी साम्बो ओस्कारको ह्याट्रिक मद्धतमा बागलुङ सुधार केन्द्रले चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब बागलुङलाई ५–० गोलअन्तरले पराजित गर्यो । दुई विदेशी खेलाडी सहित मैदान उत्रिएको बागलुङ सुधार केन्द्रको लागि खेलको ५ औं मिनेटमा अविशेक रानाले गोल गरेका थिए ।

खेलको १४ औं मिनेटमा पहिलो गोल गरेका साम्बोले १६ औं र २८ औं मिनेटमा गोल गर्दै आफ्नो र प्रतियोगिताको पहिलो ह्याट्रिक पुरा गरेका थिए । पहिलो हाफ ४–० ले अग्रता लिएको बागलुङ सुधार केन्द्रले दोस्रो हाफमा १ गोल गर्दै जित सुनिश्चित गरेको हो । सुधार केन्द्रको लागि दोस्रो हाफको ३३ औं मिनेटमा बेनम थकालीले गोल गरेका थिए । दोस्रो हाफमा केही सुधारिएको खेल प्रदर्शन गरेको चिल्ड्रेन लाईफले गोल गर्न भने सकेन् ।

बागलुङ सुधार केन्द्रले मंगलबार गुठी युनाइटेडसंग खेल्नेछ ।

यस्तै आईतबार भएको दोस्रो खेलमा जिल्ला फुटबल संघ म्याग्दीले लालदुर्गा फुटबल क्लबलाई ४–२ गोलअन्तरले पराजित गरेको छ ।

म्याग्दीले खेलको दोस्रो मिनेटमै सनम विकको गोलबाट अग्रता लिएपनि खेलको ८ औं मिनेटमा लालदुर्गाका अनिश तामाङले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । म्याग्दीको लागि खेलको २५ औं मिनेटमा विपुल कार्कीले गोल गर्दै पहिलो हाफमा म्याग्दीलाई २–१ को अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवातदेखि आक्रमक खेल प्रदर्शन गरेको म्याग्दीको लागि दोस्रो मिनेटमा मनिष श्रेष्ठले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । लालदुर्गाको लागि दोस्रो हाफको १२ औं मिनेटमा लाक्पा तामाङले गोल गर्दै टिमलाई खेलमा फर्काउने कोशिष गरेका थिए । दोस्रो हाफको २५ औं मिनेटमा सनम विकले गोल गर्दै म्याग्दीलाई ४–२ को गोल सुनिश्चित गरे । म्याग्दीले मंगलबार हुने खेलमा साविक विजेता श्रीमेयर गणको सामना गर्ने छ ।

प्रतियोगिताको दोस्रो दिन सोमबार मुलपानी फुटबल क्लबविरुद्व रुद्रेपिपल युथ क्लब र संकल्प पुर्नस्थापना केन्द्रविरुद्व आदर्श स्पोर्टस् क्लब विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

चैत २ गतेसम्म संचालित हुने प्रतियोगितामा साबिक धौलागिरी अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका १२ वटा क्लबहरूले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १ लाख ५५ हजार ५ सय ५५ र ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै सेमिफाइनल पुग्ने टिमले १५ हजार रुपैयाँ प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष गणेश महतोले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गर्ने छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

एसएसवाइसी मंगलालाई कालिका कप खुल्ला महिला भलिबलको उपाधि

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा शर्मा र शाक्यको उम्मेदवारी

तीन दिने सहकारी लेखा तथा व्यवस्थापन तालिम सकियो

लोकप्रिय

उर्जा मन्त्रीले भने, `अब साँझ लोडसेडिङ हुन्छ´

दोस्रो आदर्श कपको सेमिफाइनल समिकरण पूरा

कक्षा १२ को नतिजा सार्वजनिक

लेखक रोहिणी राणाको पुस्तक ‘द नेपाल कुक बुक’ सर्वजनिक

भर्खरै

बागलुङमा ‘एनएचएनबि’ ब्राण्डको शाखा विस्तार

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियो : थापा

धान दिवसको अवसरमा उत्कृष्ट पाँच कृषक पुरस्कृत

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. (9867685343)

सह-सम्पादक:
खिम बहादुर कार्की (9857620300)

संवाददाताः
सुजन रेग्मी (9860893186)

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki