Skip to content

follow us

baglungkhabar.tv

28th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अर्ना जेसीज कपमा बागलुङ सुधार केन्द्र र फुटबल संघ म्याग्दीको विजयी सुरुवात

bk logo final png
  • बागलुङ खबर
  • २७ फाल्गुन २०८०, आईतवार १९:५३

बागलुङ, २७ फागुन । बागलुङमा दोस्रो संस्करणको अर्ना जेसीज कप फुटबल प्रतियोगिता आईतबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन बागलुङ सुधार केन्द्र र जिल्ला फुटबल संघ म्याग्दी विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

उद्घाटन खेलमा विदेशी खेलाडी साम्बो ओस्कारको ह्याट्रिक मद्धतमा बागलुङ सुधार केन्द्रले चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब बागलुङलाई ५–० गोलअन्तरले पराजित गर्यो । दुई विदेशी खेलाडी सहित मैदान उत्रिएको बागलुङ सुधार केन्द्रको लागि खेलको ५ औं मिनेटमा अविशेक रानाले गोल गरेका थिए ।

खेलको १४ औं मिनेटमा पहिलो गोल गरेका साम्बोले १६ औं र २८ औं मिनेटमा गोल गर्दै आफ्नो र प्रतियोगिताको पहिलो ह्याट्रिक पुरा गरेका थिए । पहिलो हाफ ४–० ले अग्रता लिएको बागलुङ सुधार केन्द्रले दोस्रो हाफमा १ गोल गर्दै जित सुनिश्चित गरेको हो । सुधार केन्द्रको लागि दोस्रो हाफको ३३ औं मिनेटमा बेनम थकालीले गोल गरेका थिए । दोस्रो हाफमा केही सुधारिएको खेल प्रदर्शन गरेको चिल्ड्रेन लाईफले गोल गर्न भने सकेन् ।

बागलुङ सुधार केन्द्रले मंगलबार गुठी युनाइटेडसंग खेल्नेछ ।

यस्तै आईतबार भएको दोस्रो खेलमा जिल्ला फुटबल संघ म्याग्दीले लालदुर्गा फुटबल क्लबलाई ४–२ गोलअन्तरले पराजित गरेको छ ।

म्याग्दीले खेलको दोस्रो मिनेटमै सनम विकको गोलबाट अग्रता लिएपनि खेलको ८ औं मिनेटमा लालदुर्गाका अनिश तामाङले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । म्याग्दीको लागि खेलको २५ औं मिनेटमा विपुल कार्कीले गोल गर्दै पहिलो हाफमा म्याग्दीलाई २–१ को अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवातदेखि आक्रमक खेल प्रदर्शन गरेको म्याग्दीको लागि दोस्रो मिनेटमा मनिष श्रेष्ठले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । लालदुर्गाको लागि दोस्रो हाफको १२ औं मिनेटमा लाक्पा तामाङले गोल गर्दै टिमलाई खेलमा फर्काउने कोशिष गरेका थिए । दोस्रो हाफको २५ औं मिनेटमा सनम विकले गोल गर्दै म्याग्दीलाई ४–२ को गोल सुनिश्चित गरे । म्याग्दीले मंगलबार हुने खेलमा साविक विजेता श्रीमेयर गणको सामना गर्ने छ ।

प्रतियोगिताको दोस्रो दिन सोमबार मुलपानी फुटबल क्लबविरुद्व रुद्रेपिपल युथ क्लब र संकल्प पुर्नस्थापना केन्द्रविरुद्व आदर्श स्पोर्टस् क्लब विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

चैत २ गतेसम्म संचालित हुने प्रतियोगितामा साबिक धौलागिरी अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका १२ वटा क्लबहरूले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १ लाख ५५ हजार ५ सय ५५ र ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै सेमिफाइनल पुग्ने टिमले १५ हजार रुपैयाँ प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष गणेश महतोले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गर्ने छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki