Skip to content

follow us

baglungkhabar.tv

13th July 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

‘चिल्ड्रेन लाईफ कप’को उपाधि आयोजक चिल्ड्रेन लाईफ बोर्डिङ्गलाई

  • अर्जुन कार्की
  • १३ फाल्गुन २०८०, आईतवार २०:२७

बागलुङ, १३ फागुन ।
तेस्रो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि आयोजक चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल (निलो)ले जितेको छ ।

आईतबार बाङ्गेचौर खेलमैदानमा सम्पन्न फाइनल खेलमा चिल्ड्रेन लाईफले विद्यामन्दिर माध्यमिक विद्यालयलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।
कप्तान विविध थापाको निर्णयक गोलको मद्धतमा चिल्ड्रेन लाईफले उपाधि जितेको हो । दोस्रो हाफको ४ मिनेटमा पाएको फ्रि–किकलाई थापाले सुन्दर गोलमा परिणत गरेका थिए । डिबक्स बाहिर प्राप्त फ्रिकिकलाई थापाले दोस्रो बार च्याप्दै प्रहार गरेको बलले जाली चुमेको थियो ।

पहिलो हाफमा दुवै टिमबाट गोलको लागि केही मौका सिर्जना गरेपनि बराबरीमा सकिएको थियो । दोस्रो हाफमा चिल्ड्रेन लाईफले आक्रमक खेल प्रस्तुत गरेको थियो । दोस्रो हाफमा चिल्ड्रेन लाईफका खेलाडीको प्रहार विद्यामन्दिरका गोलरक्षकले विफल पारेका थिए ।

गोल खाएपछि खेलमा फर्किने प्रयास गरेपनि विद्यामन्दिरका खेलाडिले कुनै जादु देखाउन सकेनन् । चिल्ड्रेन लाइफको बलियो डिफेन्स लाइनलाई चिर्न नसक्दा विद्यामन्दिरका खेलाडिले विपक्षीको पोष्टमा बल प्रहार गर्न सकेनन् ।

उपाधि जितेको चिल्ड्रेन लाईफले नगद ४४ हजार ४ सय ४४ रुपैयाँ, ट्रफी प्राप्त गर्योभने उपविजेता विद्यामन्दिरले नगद २२ हजार २ सय २२ रुपैयासहित ट्रफी प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चिल्ड्रेन लाईफका थम्मन थापा (थोमस) बनेका छन् । यस्तै चिल्ड्रेन लाईफका कप्तान विविध थापा उत्कृष्ट डिफेन्डर, असिम रोका उत्कृष्ट मिडफिल्डर, सुशिल थापा उत्कृष्ट फरवार्ड र उच्च गोलकर्ता बरदान थापा (३ गोल) बनेका थिएभने विद्यामन्दिरका गोलरक्षक विदेश किसान उत्कृष्ट गोलरक्षक बने । यस्तै अनुशासित टिमको पुरस्कार गुराँस विद्या सदनले प्राप्त गरेको छ ।

विजेता टिम र खेलाडीहरुलाई बागलुङ नगरपालिकाका नगरशिक्षा अधिकृत धनप्रसाद पोखरेल र चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबका अध्यक्ष नवराज श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।

चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको आयोजना र चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलको सहआयोजनामा फागुन १० गतेदेखि सुरु भएको प्रतियोगितामा बागलुङ जिल्लाका ९ विद्यालयका १० टिमको सहभागिता रहेको थियो ।

२०७५ सालदेखि सुरु भएको ‘चिल्ड्रेन लाईफ कप’को पहिलो संस्करणको उपाधि आयोजक चिल्ड्रेन लाईफले जितेको थियोभने २०७६ सालमा भएको दोस्रो संस्करणको उपाधि अमर आदर्श आवासिय माध्यमिक विद्यालयले जितेको थियो ।

यस्तै आईतबार नै फाइनल खेल अगाडी भएको मैत्रीपूर्ण खेलमा नेपाल पत्रकार महासंघले चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलका शिक्षकलाई २–० गोलअन्तरले पराजित गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा प्रेम बुढा मगरले २ गोल गर्दै पत्रकार महासंघ बागलुङलाई जित दिलाएका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

एसएसवाइसी मंगलालाई कालिका कप खुल्ला महिला भलिबलको उपाधि

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा शर्मा र शाक्यको उम्मेदवारी

तीन दिने सहकारी लेखा तथा व्यवस्थापन तालिम सकियो

लोकप्रिय

उर्जा मन्त्रीले भने, `अब साँझ लोडसेडिङ हुन्छ´

दोस्रो आदर्श कपको सेमिफाइनल समिकरण पूरा

कक्षा १२ को नतिजा सार्वजनिक

लेखक रोहिणी राणाको पुस्तक ‘द नेपाल कुक बुक’ सर्वजनिक

भर्खरै

बागलुङमा ‘एनएचएनबि’ ब्राण्डको शाखा विस्तार

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियो : थापा

धान दिवसको अवसरमा उत्कृष्ट पाँच कृषक पुरस्कृत

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. (9867685343)

सह-सम्पादक:
खिम बहादुर कार्की (9857620300)

संवाददाताः
सुजन रेग्मी (9860893186)

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki