Skip to content

follow us

baglungkhabar.tv

28th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

‘चिल्ड्रेन लाईफ कप’को उपाधि आयोजक चिल्ड्रेन लाईफ बोर्डिङ्गलाई

  • अर्जुन कार्की
  • १३ फाल्गुन २०८०, आईतवार २०:२७

बागलुङ, १३ फागुन ।
तेस्रो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि आयोजक चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल (निलो)ले जितेको छ ।

आईतबार बाङ्गेचौर खेलमैदानमा सम्पन्न फाइनल खेलमा चिल्ड्रेन लाईफले विद्यामन्दिर माध्यमिक विद्यालयलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।
कप्तान विविध थापाको निर्णयक गोलको मद्धतमा चिल्ड्रेन लाईफले उपाधि जितेको हो । दोस्रो हाफको ४ मिनेटमा पाएको फ्रि–किकलाई थापाले सुन्दर गोलमा परिणत गरेका थिए । डिबक्स बाहिर प्राप्त फ्रिकिकलाई थापाले दोस्रो बार च्याप्दै प्रहार गरेको बलले जाली चुमेको थियो ।

पहिलो हाफमा दुवै टिमबाट गोलको लागि केही मौका सिर्जना गरेपनि बराबरीमा सकिएको थियो । दोस्रो हाफमा चिल्ड्रेन लाईफले आक्रमक खेल प्रस्तुत गरेको थियो । दोस्रो हाफमा चिल्ड्रेन लाईफका खेलाडीको प्रहार विद्यामन्दिरका गोलरक्षकले विफल पारेका थिए ।

गोल खाएपछि खेलमा फर्किने प्रयास गरेपनि विद्यामन्दिरका खेलाडिले कुनै जादु देखाउन सकेनन् । चिल्ड्रेन लाइफको बलियो डिफेन्स लाइनलाई चिर्न नसक्दा विद्यामन्दिरका खेलाडिले विपक्षीको पोष्टमा बल प्रहार गर्न सकेनन् ।

उपाधि जितेको चिल्ड्रेन लाईफले नगद ४४ हजार ४ सय ४४ रुपैयाँ, ट्रफी प्राप्त गर्योभने उपविजेता विद्यामन्दिरले नगद २२ हजार २ सय २२ रुपैयासहित ट्रफी प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चिल्ड्रेन लाईफका थम्मन थापा (थोमस) बनेका छन् । यस्तै चिल्ड्रेन लाईफका कप्तान विविध थापा उत्कृष्ट डिफेन्डर, असिम रोका उत्कृष्ट मिडफिल्डर, सुशिल थापा उत्कृष्ट फरवार्ड र उच्च गोलकर्ता बरदान थापा (३ गोल) बनेका थिएभने विद्यामन्दिरका गोलरक्षक विदेश किसान उत्कृष्ट गोलरक्षक बने । यस्तै अनुशासित टिमको पुरस्कार गुराँस विद्या सदनले प्राप्त गरेको छ ।

विजेता टिम र खेलाडीहरुलाई बागलुङ नगरपालिकाका नगरशिक्षा अधिकृत धनप्रसाद पोखरेल र चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबका अध्यक्ष नवराज श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।

चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको आयोजना र चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलको सहआयोजनामा फागुन १० गतेदेखि सुरु भएको प्रतियोगितामा बागलुङ जिल्लाका ९ विद्यालयका १० टिमको सहभागिता रहेको थियो ।

२०७५ सालदेखि सुरु भएको ‘चिल्ड्रेन लाईफ कप’को पहिलो संस्करणको उपाधि आयोजक चिल्ड्रेन लाईफले जितेको थियोभने २०७६ सालमा भएको दोस्रो संस्करणको उपाधि अमर आदर्श आवासिय माध्यमिक विद्यालयले जितेको थियो ।

यस्तै आईतबार नै फाइनल खेल अगाडी भएको मैत्रीपूर्ण खेलमा नेपाल पत्रकार महासंघले चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलका शिक्षकलाई २–० गोलअन्तरले पराजित गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा प्रेम बुढा मगरले २ गोल गर्दै पत्रकार महासंघ बागलुङलाई जित दिलाएका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki