Skip to content

follow us

baglungkhabar.tv

29th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

चिल्ड्रेन लाईफ कपको उपाधिका लागि विद्यामन्दिर र चिल्ड्रेन लाईफ भिड्ने

  • अर्जुन कार्की
  • १२ फाल्गुन २०८०, शनिबार १९:०३

बागलुङ । तेस्रो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि विद्यामन्दिर र चिल्ड्रेन लाईफ भिड्ने भएका छन् ।

शनिबार भएको सेमिफाइनल खेलमा विद्यामन्दिर माध्यमिक विद्यालयले न्यू ओयसिस एकेडेमीलाई र चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल (निलो)ले फ्युचर ब्राइटर माध्यमिक विद्यालयलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।

शनिबार भएको पहिलो सेमिफाइनल खेलमा विद्यामन्दिरले न्यू ओयसिसलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गर्यो ।

निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । न्यू ओयसिसले खेलमा सुरुवाती गोलको अग्रता लिएपनि जोगाउन सकेन न्यू ओयसिसको लागि खेलको १६ औं मिनेटमा सुशिम जिसीले गोल गर्दै अग्रता दिलाएका थिए । तर, विद्यामन्दिरका चिरन श्रीसले खेलको १९ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पु¥याए ।

निर्धारित समयमा दुवै टिमबाट गोलको लागि प्रयास गरेपनि खेल एक–एकको बराबरीमा टुंगिएको थियो । ट्राइब्रेकरमा विद्यामन्दिरको लागि इशाक नेपाली, चिरन श्रीस, सोनाम घर्ती, सिसन क्षेत्री र सत्कारले गोल गरेका थिए । न्यू ओयसिसको लागि सन्देश थापा, संगम श्रीस, सुनिल परियार र सुशिम जि.सीले गोल गरेभने एलन रोकाको प्रहार विद्यामन्दिरका गोलरक्षक विदेश किसानले बचाए ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा आयोजक टिम चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल (निलो)ले फ्युचर ब्राइटर माध्यमिक विद्यालयलाई २–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । चिल्ड्रेन लाईफलाई जित दिलाउन थम्मन थापा र कप्तान विविध थापाले एक–एक गोल गरे ।

थम्मनले खेलको दोस्रो मिनेटमा गोल गर्दै चिल्ड्रेन लाईफलाई अग्रता दिलाएका थिए । चिल्ड्रेन लाईफका कप्तान विविधले खेलको ३९ औं मिनेटमा गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारे । थापाले कर्नर बललाई हेडिङ्ग मार्फत सुन्दर गोल गरेका थिए ।

फाइनल खेल आईतबार दिउँसो १ बजे हुने प्रतियोगिताका संयोजक जीवन रोका क्षेत्रीले बताए । चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको आयोजना र चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलको सहआयोजनामा संचालित प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ४४ हजार ४ सय ४४ रुपैयाँ र २२ हजार २ सय २२ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki