Skip to content

follow us

baglungkhabar.tv

12th February 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु

  • अर्जुन कार्की
  • १० फाल्गुन २०८०, बिहीबार १९:२३

बागलुङ, १० फागुन । तेस्रो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता बिहिबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल (सेतो) र फ्युचर ब्राइटर माध्यमिक विद्यालयले विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा आयोजक चिल्ड्रेन लाईफले गुराँस विद्या सदनलाई १–० गोलअन्तरले पराजित गर्यो ।

चिल्ड्रेन लाईफको जितको लागि खेलको २० औं मिनेटमा बिराज किसानले गरेको गोल नै निर्णयक बन्यो । गुराँसका गोलरक्षकको गल्तीमा पाएको मौकालाई बिराजले गोलमा परिणत गरेका थिए ।

यस्तै बिहिबारको दोस्रो खेलमा फ्युचर ब्राइटर माध्यमिक विद्यालयले गरिमा आवासिय माध्यमिक विद्यालयलाई ४–० गोलअन्तरले पराजित गरेको छ । खेलको सुरुवातदेखि नै आक्रमक खेल प्रस्तुत गरेको फ्युचरको लागि खेलको १४ औं मिनेटमा अंगद शर्माले गोल गर्दै खाता खोलेका थिए । गरिमाका गोलरक्षक दिप घर्तिले राम्रोसँग क्लियर गर्न नसकेको बललाई डिबक्स भित्रबाट शर्माले गोलमा परिणत गरेका थिए ।

फ्युचरको लागि दोस्रो गोल खेलको १६ औं मिनेटमा अमृत शर्माले गरेका थिए । उनले डिबक्स भित्र गोलरक्षक र डिफेन्डरलाई विट गरेर गोल गरेका थिए । फ्युचरको लागि तेस्रो गोल खेलको २० औं मिनेटमा किरन थापाले गरे । गरिमाका खेलाडीले मैदानको विचभागमा फल गरेपछि प्राप्त गरेको फ्रिकिकलाई थापाले सुन्दर गोलमा परिणत गरेका थिए ।

खेलको ३९ औं मिनेटमा फ्युचरका अमृत्त शर्माले टिमको लागि चौथो र आफ्नो लागि दोस्रो गोल गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले गर्नुभएको थियो । उहाँले खेलकुदले विद्यार्थी र खेलाडीहरुलाई अुशासन र प्रतिस्पर्धात्मक सोचको विकास गराउन सहयोग पुग्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी र फ्युचर ब्राइटर माध्यमिक विद्यालयका प्रिन्सिपल बालकृष्ण शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबका अध्यक्ष एवं चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत प्रतियोगिताका संयोजक जीवन रोका क्षेत्री र संचालन सहसचिव सुरेश विकले गर्नुभएको थियो ।

चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको आयोजना र चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलको सहआयोजनामा संचालित प्रतियोगितामा बागलुङ जिल्लाका ९ विद्यालयका १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको दोस्रो दिन शुक्रबार चार खेल हुने प्रतियोगिता संयोजक क्षेत्रीले बताए । शुक्रबारको पहिलो खेल अमर आदर्श आवासिय माध्यमिक विद्यालय र विद्यामन्दिर माध्यमिक विद्यालय, दोस्रो खेल गणेश माध्यमिक विद्यालय र चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल (निलो), तेस्रो खेल न्यू ओयसिस एकेडेमी र चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल विचहुनेछ भने चौथो खेल फ्युचर ब्राइटर माध्यमिक विद्यालय र मुलपानी माध्यमिक विद्यालय विच हुने प्रतियोगिता संयोजक क्षेत्रीले जानकारी दिए ।

फागनु १३ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ४४ हजार ४ सय ४४ रुपैयाँ र २२ हजार २ सय २२ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नेपाली ढाकाको डोरो, हाम्रो पहिचान (कविता)

ताराखोलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाईते

मुस्ताङका कृषक च्याङ्ग्रा बेच्न बजारमा

लोकप्रिय

आजको मौसमः देशैभरी पानी पर्ने

त्रिवि खेलमैदानमा सर्वाधिक उच्च स्कोरको रेकर्ड राख्दै युएई

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

उत्पादन बढेपछि बागलुङमा किबीको मूल्य घट्यो

भर्खरै

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास सम्पन्न

बागलुङमा सेतो रगत उत्पादन सुरु

स्थापना दिवसको अवसरमा बागलुङमा दुई पत्रकार सम्मानित

रेश नुन्थला माविले मनायो ७० औँ वार्षिकोत्सव

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki