Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

तीन कक्षासम्म पढाइ तीन जना विद्यार्थी

  • साधन घर्ती 
  • ४ पुष २०८०, बुधबार १२:१७

म्याग्दी, ४ पुस । म्याग्दीको धवलागिरी गाउँपालिका–४,नाउरास्थित रनजनज्योति आधारभूत विद्यालयमा तीन कक्षासम्म पढाइ हुँदै आएको छ । भौगोलिक रुपमा दुर्गम त्यसमाथि छरिएको सानो नाउरा गाउँका बालबालिका यहीँ विद्यालयमा अध्ययन गर्दै आइरहेका छन् ।

२० घरधुरी रहेको नाउरा गाउँबाट विद्यालय जाने तीन जना मात्र बालबालिका छन् । कक्षा १ मा ५ वर्षीया एरिक घर्तीमगर , कक्षा दुईमा ७ वर्षीया एरिका घर्तीमगर र बालविकासमा युवान गर्बुजा नियमित विद्यालय आउने गर्नुभएको छ । एरिक र एरिका दिदीभाइ हुनुहुन्छ ।

रेबिका घर्तीमगर २०७६ फागुन २३ गतेदेखि कार्यालय सहयोगीको रुपमा नियुक्ति भए पनि कार्यालय सहयोगीदेखि, पढाउने र प्रअको प्रशासनिक काम समेतको जिम्मेवारी उहाँको काँधमा छ । उहाँको तलब अत्यन्तै कम छ ।

‘‘मेरो जिम्मेवारी कार्यालय सहयोगीको भए पनि स्थानीयवासीको आग्रहमा पढाउँदै आएकी छु। मेरो अध्यापनबाट सबै खुशी पनि हुनुहुन्छ ।’’ यहाँ कक्षा तीन उत्तीर्ण गरेपछि पनि बालबालिकाहरु एक घण्टा पैदल हिँडेर खिबाङको चन्द्रज्योति माविमा पढ्न जानुपर्ने बाध्यता छ । ‘‘अहिले गाउँमा धेरै बालबालिका नहुँदा विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । गत वर्ष ६ विद्यार्थीले तीन कक्षा उत्तिर्ण गरेर अन्य विद्यालयमा पढ्न गएपछि घटेर तीन जना छन्, थोरै सङ्ख्या भएकाले बहुकक्षा शिक्षण प्रणालीमार्फत एउटै कक्षाकोठामा राखेर पढाउँदै आएकी छु ,’’उहाँले भन्नुभयो ,‘‘तीनै जना नियमित रुपमा विद्यालय आउने गरेका छन् ।’’उहाँले थप्दै भन्नुभयो ,‘‘सानो गाउँ त्यसमाथि भौगोलिक कारण यहाँबाट अन्य विद्यालयमा पढ्न जानलाई पनि टाढा र जङ्गलको बाटो हिँड्नुपर्ने भएकोले स्थानीले पनि एक जना भए पनि पढाइदिनु भन्नुभएको छ ।’’

‘‘सानो गाउँ ,जनसङ्ख्या पनि कम । अर्को विद्यालयमा जान पनि एक घण्टा टाढा जङ्गलको बाटो हिँड्नुपर्ने भएकोले गाउँवासीको माग अनुसार कक्षा तीनसम्म भए पनि विद्यालय सञ्चालन हुँदै आएको छ ,’’ वडा सदस्य रिम रोकाले भन्नुभयो । नाउरावासी सोलार बत्ती बाल्दै आएका छन् । दैनिक दश वटा विषय पढाउने गरेको उहाँले बताउनुभयो । केही दिन अघि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङका अध्यक्षसमेत रहनुभएका समाजसेवी कर्ण पुन मगरले विद्यालयलाई बीस हजार रुपियाँ सहयोग गर्नुभएको छ।

२०६७ सालमा स्थापित विद्यालय भवनमा जम्मा दुई वटा कक्षाकोठा छन् । गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले भौगोलिक रुपमा विकटता कारण थोरै विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । ‘‘भौगोलिक विकटता कारण सानासाना बालबालिकालाई केही सहज भएको छ । थोरै विद्यार्थी सङ्ख्या भए पनि उनीहरुको भविष्य अन्धकारमा पार्दिनुभएन ,’’ उहाँले भन्नुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki