Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ठेकेदारको लापरबाहीले अस्पताल निर्माण अलपत्र

  • प्रनिश गिरी
  • २ मंसिर २०८०, शनिबार १०:२९

कुस्मा पर्वत, २ मंसिर । पर्वतको विहादी गाउँपालिकामा ठेकेदारको चरम लापरबाहीका कारण अस्पताल निर्माणको कार्य अलपत्र बनेको छ । विहादी गाउँपालिकाको वडा २ स्थित उपल्लो बर्रा चौरमा निर्माणाधीन १५ शय्याको प्राथमिक अस्पताल भवन चार वर्षदेखि अलपत्र पारिएको छ ।

स्थानीयवासीले अस्पताल भवन निर्माणका लागि भनी ९ रोपनी ४ आना क्षेत्रफल बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका थिए । जग्गादाताहरूमा स्थानीयवासी डोलेन्द्र गिरी, राम गिरी, कृष्ण गिरी, भूपेन्द्र पौडेल, भूमिश्वर पौडेल, अर्जुन भट्टराई लगायत छन् । साउदी सरकारको पुनर्निर्माणको साउदी फन्ड अन्तर्गत ६ करोडको आर्थिक सहयोगमा बन्दै गरेको भवन निर्माणको सम्झौता भ्याली कन्स्ट्रक्सन कम्पनी प्रालिले लिएको हो । कम्पनीले निर्माणको कामलाई बेवास्ता गरी वर्षौँदेखि अलपत्र पार्दै आएको छ ।

नजिकमा अस्पताल स्थापना गरेमा स्वास्थ्य सेवा सहज होला भनी पसाउँदै गरेको धान बाली नष्ट गरी जग्गा सम्म पार्न भनी डोजर लगाउन दिइयो तर अहिले ४ वर्ष बितिसक्दा समेत भवनको जग स्थापना गर्ने काम समेत पुरा नभएको स्थानीयवासीको गुनासो छ । सङ्घीय आयोजना कार्यान्वयन इकाई पोखराका इन्जिनियर रामकृष्ण गिरी अस्पताल भवन निर्माणमा भएको ढिलाइबारे भन्नुहुन्छ–“भवन निर्माणमा ढिलाइ व्यवसायीकै कमजोरीका कारण भएको हो । नियमानुसार भवनको डिपीसी निर्माण सम्मको पाउनुपर्ने रकम भुक्तानी लिएर पनि काममा ढिलाइ भइरहेको छ । यस कार्यालयमा आएर काम थालेको भर्खरै मात्रै भएको हुँदा पनि मैले धेरै कुरा बुझ्न बाँकी छ । हामी छिटै नै फिल्डमै गएर बुझ्दै छौँ ।”

निर्माण व्यवसायी रमेश पौवालेले निर्माण कार्यमा ढिलाइबारे भन्नुभयो–“जग्गा सम्म बनाउन समय लागेको कारण ढिलाइ भएको हो । बिचमा निर्माण व्यवसायीको जिम्मेवारी परिवर्तनले पनि कामलाई अगाडि लैजान सकिएन । निर्माणको म्याद थप भएको छ । आगामी चैत भित्र निर्माण सम्पन्न हुन्छ ।”

भवन निर्माणका लागि तोकिएको १७ महिनाको अवधिमा निर्माण पुरा नगरी ४ वर्ष बिताउने निर्माण व्यवसायीको भनाइमा भने स्थानीयवासीको विश्वास छैन । वडा २ का पूर्व अध्यक्ष ओम कुँवर भन्नुहुन्छ–“निर्माण व्यवसायीले मुखले काम गर्छु भन्ने तर व्यवहारमा नगर्ने देखिएको छ । दुर्गम क्षेत्रमा अस्पताल निर्माणको काम छिटो सम्पन्न हुने हो भने स्वास्थ्य सेवाको अभावमा बसाइसराई गरी बाहिर जाने मानिसको सङ्ख्यामा कमी हुने थियो । गाउँलेलाई स्वास्थ्य सेवा सहज हुने थियो ।”

सङ्घीय आयोजना कार्यान्वयन इकाई पोखराका अनुसार भ्याली कन्स्ट्रक्सन कम्पनीले स्याङ्जा आरु चौरमा आयुर्वेदिक अस्पताल र सेती दोभानमा प्राथमिक अस्पतालको भवन निर्माणको सम्झौता समेत गरी करिब १९ करोडको प्याकेजमा निर्माण सम्झौता गरेको हो । स्थानीयवासीले आफूले अस्पताल भवन निर्माण गर्न भनी निःशुल्क जग्गा दान दिँदा पनि सरोकारवाला पक्षको बेवास्ता र ठेकेदारको लापरबाहीका कारण निर्माणको काम अगाडि बढ्न नसकेको भनी गुनासो गरेका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki