Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

मुक्तिनाथ मन्दिरमा दैनिक दुई हजार भक्तजन

  • ठाकुरप्रसाद आचार्य 
  • १ मंसिर २०८०, शुक्रबार १९:२७

मुस्ताङ, १ मंसिर । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा धार्मिक पर्यटकको भिडभाड बढेको छ । मन्दिर दर्शन र पूजाआजा गर्न दैनिक दुई हजार भक्तजनहरू आउने गरेको मुक्तिनाथ क्षेत्र विकास समितिले जनाएको छ ।

दसैँ–तिहार बिदाको उपयोग गर्दै मन्दिर दर्शन गर्न ठुलो सङ्ख्यामा भक्तजन आउनेगरेका छन् । नेपालको साथै भारत र अन्य मुलुकबाट दैनिक रूपमा भक्तजन मन्दिर दर्शन गर्न आउने गरेको मुक्तिनाथ क्षेत्र विकास समितिका कर्मचारी रविन सुवेदीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मौसम सफा भएकाले हिजोआज भक्तजनको सङ्ख्यामा निकै वृद्धि भएको छ ।’’ मन्दिर परिसरमा रहेका एक सय आठ धारा र दुई वटा कुण्डमा स्नान गर्ने भक्तजनको भिड लागेको छ ।

मुक्तिनाथ हिन्दु र बौद्ध धर्मालम्वीहरुको प्रसिद्ध तीर्थस्थल हो । मुक्तिनाथ मन्दिर ३७ सय १० मिटर उचाइमा छ । मुक्तिनाथ विश्वकै प्रसिद्ध पदमार्ग ‘अन्नपूर्ण सर्किट’ मा पर्छ । ट्रेकिङका लागि मुक्तिनाथ उत्तम मानिन्छ । प्रकृतिमा रमाउने पर्यटकहरू ट्रेकिङ गर्दै मुक्तिनाथ पुग्ने गर्छन् । शरदयामको यो सिजनमा आन्तरिकका साथै विदेशी पर्यटकहरू उल्लेख्य मात्रामा मुक्तिनाथको दर्शन गर्न आएका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki