Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ कप टि२० क्रिकेटको उपाधि कास्कीले जित्यो

bk logo final png
  • बागलुङ खबर
  • २५ कार्तिक २०८०, शनिबार १७:५४

बागलुङ, २५ कार्तिक । गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी२० क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा नवलपुरलाई ८ विकेटले पराजित गर्दै कास्कीले उपाधि चुमेको हो । उपाधिको लागि ९१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कास्कीले १५.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

कास्कीलाई मुस्कान थापाले २४ र अविशेक थापाले १७ रनको अविजित पारी खेले । किरण पौडेलले २३ र सिभरिन श्रेष्ठले २२ रन बनाए ।

नवलपुरको लागि कप्तान कमल परियार र शिशिर भुसालले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको नवलपुर १८.४ ओभरमा ९० रनमा समेटिएको थियो । नवलपुरको लागि अनिश गुरुङले १७ रन, दिपक डुम्रेले १४ रन र अप्राजित पौडेलले १२ रन बनाएका थिए ।

कास्कीको लागि कप्तान विपिन खत्रीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । सुवास भण्डारी र किरण पौडेलले २/२ र नितेश गिरी र अभिषेक थापाले १/१ विकेट लिए ।

प्रतियोगिताको उपाधि जितेको कास्कीले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्योभने उपविजेता नवलपुरले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।

यस्तै प्रतियोगितामा म्यान अफ दि सिरिज र उत्कृष्ट बलर कास्कीका कप्तान विपिन खत्री बनेका छन् । खत्रीले प्रतियोगितामा चार खेल खेल्दै १३ विकेट लिएका थिएभने ५० रन बनाएका थिए । उनले म्यान अफदी सिरिजको १० हजार रुपैयाँ र उत्कृष्ट बलरको ५ हजार रुपैयाँ प्राप्त गरे । तनहुँका दिनेश बुढा मगर उत्कृष्ट व्याट्सम्यान बन्दै ५ हजार रुपैयाँ प्राप्त गरे । बुढाले प्रतियोगितामा १ सय १३ रन बनाएका थिए ।

बागलुङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा नेपाल क्रिकेट संघकामा आवद्ध रहेका गण्डकी प्रदेशका ६ जिल्लाको सहभागिता रहेको थियो । विजेता र उपविजेता खेलाडीहरुलाई बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, नगरखेलकुद समितिका संयोजक सुरज बोसेल, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देल, बागलुङ जिल्ला क्रिकेट संघका अध्यक्ष विष्णुप्रसाद अचार्यले पुरस्कार वितरण गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki