Skip to content

follow us

baglungkhabar.tv

31st May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

भारतले आज चन्द्रमातर्फ रकेट प्रक्षेपण गर्दै

bk logo final png
  • बागलुङखबर
  • २९ असार २०८०, शुक्रबार ०७:०५

भारत, २९ असार । भारतले आज शुक्रवार विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दैछ । स्थानीय समयअनुसार भारतले दिउँसो २ बजेपछि एउटा ‘ल्यान्डर’ र एउटा रोभर चन्द्रमातर्फ पठाउन लागेको हो ।

भारतको महत्त्वाकाङ्क्षी यो योजना सफल भएमा चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल ‘रोभर’ पुर्‍याउने पहिलो देश हुनेछ । किनभने अहिलेसम्म पठाइएका सबै अभियान चन्द्रमाको मध्यवर्ती भागमा लक्षित थिए । भारतको अन्तरिक्ष निकायले चन्द्रयान–३ नाम दिएको आफ्नो अभियानलाई सफल बनाउन आवश्यक सबै उपाय अवलम्बन गरिएको जनाएको छ ।

भारतले पहिलो पटक सन् २००८ मा चन्द्रमातर्फ चन्द्रयान–१ पठाएको थियो । यो अभियानबाट चन्द्रमाको सतहमा पानीको अस्तित्व रहेको प्रमाणित गरिएको थियो । त्यस बेला भारतले ७ दशमलव ९ करोड अमेरिकी डलर खर्च गरेको थियो । भारतले सन् २०१९ मा प्रक्षेपण गरेको चन्द्रयान–२ चन्द्रमामा अवतरण हुन सकेको थिएन । चन्द्रयान–३ अभियानका लागि झन्डै ८ करोड डलर खर्च हुने अनुमान छ ।

चन्द्रमाको ध्रुवीय क्षेत्र चट्टान र माटोबाट बनेको छ । ल्यान्डरले चन्द्रमामा विभिन्न प्रयोग र परीक्षण गर्ने अपेक्षा गरिएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले बताउनुभएको बीबीसीले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

बागलुङ बजारमा हाइमाष्ट बत्ती जडान

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

भर्खरै

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारी पुरा

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki