Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ट्राफिक सप्ताह २०८० कार्यक्रम भव्यताका साथ सुरु

bk logo final png
  • BAGLUNGKHABAR
  • २५ बैशाख २०८०, सोमबार १७:५६

बागलुङ, २५ बैशाख । जिल्ला प्रहरी कार्यालय बागलुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको सयुक्त आयोजनामा ट्राफिक सप्ताह २०८० कार्यक्रम भव्यताका साथ सुरु भएको छ ।

गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय पोखरा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्कीको आयोजना र गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको सहकार्य तथा समन्वयमा मिति २०८०।०१।२५ गते देखी ३१ गते सम्म सञ्चालित सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक सप्ताह २०८० कार्यक्रम अन्तर्गत आज विभिन्न धर्म सस्कृति झल्काउने झाक्री, बाजाँ गाजा, भजन मण्डली सहितको उपस्थितिमा बागलुङ बजार परिक्रमा गरी प्रभात फेरी कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रभात फेरि पश्चात ट्राफिक सप्ताह २०८० कार्यक्रमको औपचारिक समुद्घाटन समारोह कार्यक्रम कालिका मन्दिर गेट नजिकै रहेको बागलुङ नगरपालिका वडा नं।०१ को बाल उद्यानमा सञ्चालित भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिको कार्यालय बागलुङका प्रमुख अमर बहादुर थापा रहनुभएको थियो भने अतिथिहरुमा बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक मदन के.सी, बागलुङ जिल्लास्थित सरकारी तथा गैह्रसरकारी संस्थाका कार्यालय प्रमुख तथा प्रतिनिधि, यातायात व्यवसायीहरु, जिल्ला स्थित विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, सामाजिक संघ संस्था तथा आमा समुहका प्रतिनिधि, पुर्व प्रहरी कर्मचारीहरु, उधोग बाणिज्य संघ बागलुङका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, पत्रकार लगायतका महानुभावहरु रहनुभएको थियो ।

 

बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले शुभकामना मन्त्वय राख्नुभएको कार्यक्रममा प्रमुख अतिथि समन्वय प्रमुख अमर बहादुर थापाले एक जना सवारी चालकलाई हेलमेट बितरण तथा स्टिकर समेत टासी बागलुङ जिल्लामा ट्राफिकको अवस्थाको बारेमा आफ्नो भनाई राख्नु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले ट्राफिक व्यवस्थापन तथा यसको महत्वको बारेमा आफ्नो धारणा राख्नु हुदै आजको कार्यक्रम सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki