Skip to content

follow us

baglungkhabar.tv

24th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

bk logo final png
  • बागलुङखबर
  • ८ असार २०८३, सोमबार १७:०६

बागलुङ, असार ८ । बागलुङमा पनि बिश्व संगित दिवस मनाइएको छ ।

बिश्व संगित दिवसका अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति बागलुङको आयोजनामा नेपाली गीत संगित, हिजो, आज र भोली बिषयक अन्तरक्रिया, लाइभ दोहोरी तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रमा प्रतिष्ठानका केन्द्रिय प्रशासनिक सचिव जिवन दाहालसंग गीत संगितको हिजोको अवस्था, बर्तमान अवस्था र भोलीको लागि गर्नुपर्ने कार्यका बिषयमा प्रत्यक्ष सम्वाद गरिएको थियो ।

प्रत्यक्ष सम्वाद कार्यक्रममा प्रश्न गर्ने सहभागीहरुले पछिल्लो समय दोहोरी गीत परिवारसंग बसेर सुन्ने र हेर्ने अवस्थामा नभएकाले यसलाई न्युनिकरण गर्न सुझाएका थिए ।

सो अवसरमा बोल्दै केन्द्रिय सचिव दाहालले प्रविधीको बिकाससंगै गित संगित पनि परिमार्जित हुदै गएको र परिवार बसेर हेर्न र सुन्ने नसक्ने अवस्थाका गीत र त्यसका सर्जकहरुलाई ध्यानकर्षण गराई रहेको बताउनुभयो ।

प्रत्यक्ष सम्वादको संचालन पत्रकार ताराप्रसाद शर्माले गर्नु भएको कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष राम थापाले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा लाइफ दोहोरी प्रस्तुत गरिएको थियो भने दोस्रो गण्डकी लोक तारामा बागलुङको प्रतिनिधित्व गर्दै तृतीय स्थान हासील गर्न सफल ललिता घर्तीलाई सम्मान गरिएको थियो ।
कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति बागलुङका अध्यक्ष सरस्वती खड्का परियारको अध्यक्षता, महिला उपाध्यक्ष धनालक्ष्मी सुनारको स्वागत र सचिव मनिष कँडेलको संचालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

बागलुङमा अन्तरविद्यालयस्तरीय कबड्डी प्रतियोगिता हुने

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

परिसूचन साप्ताहिक १३औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

बागलुङमा अन्तरविद्यालयस्तरीय कबड्डी प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki