Skip to content

follow us

baglungkhabar.tv

28th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

श्री मेहर गणले जित्यो प्रथम अर्ना जेसिज कप फुटबलको उपाधि

bk logo final png
  • बागलुङखबर
  • २२ बैशाख २०८०, शुक्रबार १८:४८

बागलुङ, २२ बैशाख । प्रथम अर्ना जेसिज कप २०२३ फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनाको श्री मेहरगण घोडाबाधे व्यारेकले जितेको छ ।

बागलुङ जेसिजले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा शुक्रबार श्री मेहर गणले बीर गोर्खाली युवा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । श्री मेहरलाई उपाधि दिलाउनको लागि खेलको ३० औं मिनेटमा कप्तान पितम्बर घर्ती मगरले गरेको गोल नै निर्णय बन्यो ।   पहिलो हाफमा १ गोलले पछि परेको बीर गोर्खालीले दोस्रो हाफमा गोल गर्ने अवसर पाएपनि खेर फालेको थियो ।

खेलमा बीर गोर्खाली र श्री मेहरका खेलाडीले गोल गर्ने थुप्रै अवसर पाए पनि खेर फालेका थिए ।

उपाधि जितेको श्री मेहर गणले नगद १ लाख ५० हजार र उपविजेता बीर गोर्खाली युवा क्लबले ७५ हजार, ट्रफी र मेडल प्राप्त गरेका छन् ।

प्रतियोगितामा बिधागत पुरस्कार तर्फ बीर गोर्खालीका खेलाडीहरुको बर्चश्व रह्यो । प्रतियोगिताको बीर गोर्खालीका कप्तान संजिव अर्याल सर्वोत्कृष्ट खेलाडी, सशिल थापा मगर उत्कृष्ट स्ट्राइकर, एलेक्स उत्कृष्ट मिडफिल्डर, जोन उत्कृष्ट डिफेन्डर, श्री मेहर गणका विप्लप गुरुङ उत्कृष्ट गोलरक्षक बन्दै पुरस्कार प्राप्त गरे । यस्तै प्रतियोगितामा ५ गोल गरेका चिल्ड्रेन लाईफ स्पोट्र्स क्लबका जोन ग्लोरी सर्वाधिक गोलकर्ता बनेभने कालिपुल युनाइटेड क्लब बेनीले अनुशासित टिमको उपाधि जित्यो । यस्तै क्वाटरफाइनल खेलमा भीमापोखरा खेलकुद विकास समिति विरुद्ध श्री मेहर गणका विकास मगरले गरेको गोल प्रतियोगिताकै सर्वोत्कृष्ट गोल बन्दै पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताका विजेता टिम र खेलाडीहरुलाई बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki