Skip to content

follow us

baglungkhabar.tv

26th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

bk logo final png
  • बागलुङखबर
  • १० कार्तिक २०८३, सोमबार १२:५७

बागलुङ,९ कात्तिक । असोज ९ गतेदेखि ११ गतेसम्म परेको अबिरल वर्षासंगै विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण ठूलो धनजनको क्षती बेहोरेको निसीखोला अझै पनि पुरानै लयमा फर्कन समय लाग्ने देखिएको छ ।

यहाँका बाढीपहिरो पीडितका लागि सुरुको चरणदेखिनै स्थानीय तह तथा राज्यका विभिन्न निकायका साथै विभिन्न संघसंस्था र सहयोगदाताहरुबाट राहत आउने क्रम अझै जारी रहेको छ ।
बाढीपहिरो प्रभावित परिवारको जनजीवनलाई सामान्य अवस्थामा फर्काउन र पुनःर्स्थापनाका लागि सबैको भरमग्दुर प्रयास भइरहेको छ भने सहयोगदाताहरुको स्थानीय स्तरदेखि देश विदेशबाट समेत सहयोग जुटिरहेको छ ।

यसै क्रममा शनिवार पनि बाढीपहिरो पीडितका लागि राहत वितरण गरिएको छ । युके एडको आर्थिक सहयोग र सोडेक नेपाल संस्थाको समन्वय तथा सहयोगमा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धन केन्द्र (किर्डाक) नामक संस्थाले बाढीपहिरो पीडितका लागि लत्ताकपडा र किचेन सामग्रीहरु वितरण गरेको छ ।

उक्त संस्थाले निसीखोलाका ४० घरपरिवारलाई प्रति परिवार १८ हजार ८ सय ९७ रुपैयाँ बराबरको लत्ताकपडा तथा किचेन सामग्री वितरण गरेको हो । संस्थाले निसीखोलाका साथै तमानखोला, ताराखोला, काठेखोला लगायतका स्थानमा समेत बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण गरेको सोडेक नेपालका उपाध्यक्ष गोविन्द प्रसाद शर्माले बताउनुभयो । संस्थाले निसीखोलामा मात्र रु. ७ लाख ५५ हजार बढीको राहत सामग्री वितरण गरेको छ ।

त्यसैगरी हाल काठमाण्डौंमा टुर एण्ड ट्राभल्स व्यवसायी संचालन गर्दै आउनु भएका निसीखोला बोहरागाउँका युवा समाजसेवी जगत शाहीको पहलमा संकलित स्थानीय सहयोगदाता र देश विदेशबाट समेत सहयोगदाताबाट संकलित रु. ६ लाख ५९ हजार ३ सय २८ रुपैयाँ रकम शनिबार नै बाढीपहिरो पीडितहरुलाई नगद राहत वितरण गरिएको छ । उक्त रकम क्षतिको प्राथमिकताको आधारमा ४७ घरपरिवार बाढीपहिरो पीडितलाई वितरण गरिएको हो ।

बाढीपहिरोबाट निसीखोलाको झिवाखोला बजार र कानाबगर क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले बजार क्षेत्रको सुरक्षा र बस्ती संरक्षण गर्न दिगो व्यवस्थापन सहित नदी तटबन्ध गर्नुपर्नेमा बाढीपहिरो पीडित र स्थानीयले सरोकारवाला निकाय र राज्य समक्ष माग गरेका छन् । गत शुक्रबार भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको उपस्थितिमा बाढीपहिरो पीडित र स्थानीयहरुले यथाशीघ्र नदी तटबन्ध गरी बस्ती संरक्षण गर्न माग गरेका हुन् ।

नदी तटबन्धका लागि निकै ठूलो रकम लाग्ने भएकाले यसलाई केन्द्र सरकारले नै उच्च प्राथमिकतामा राखेर हेरिनुपर्ने स्थानीयको माग रहेको छ । नदी तटबन्धन र पुनःनिर्माणका लागि ठूलो रकमको आवश्यकता पर्ने भए पनि के कति लागत खर्च लाग्ने हो यस सम्बन्धमा निसीखोला गाउँपालिकाले भने अझैसम्म नदी तटबन्धको लागतको प्रारम्भिक प्राविधिक स्टेमेट समेत निकाल्न सकेको छैन ।

Share

प्रतिक्रिया

थप समाचारहरु

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

लोकप्रिय

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

उच्च अदालत पोखरा बागलुङ इजलासको ६५ प्रतिशत मुद्दा फछ्र्यौट

ब्लु हिल निर्माणको काम तीव्र गतिमा (तस्विरहरु)

भर्खरै

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki