Skip to content

follow us

baglungkhabar.tv

12th November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

उच्च अदालत पोखरा बागलुङ इजलासको ६५ प्रतिशत मुद्दा फछ्र्यौट

bk logo final png
  • बागलुङखबर
  • १५ श्रावण २०८३, शुक्रबार १४:५९

बागलुङ , १५ साउन । उच्च अदालत पोखरा बागलुङ इजलास एक वर्षमा ६५ प्रतिशत मुद्दा फछ्र्यौट भएका छन् ।

उच्च अदालतमा अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ६७ मुद्दा जिम्मेवारी सरेर आएको र नयाँ दर्ता भएका ३०४ थान मुदा गरी जम्मा ३७१ मुद्दा रहेकोमा २८२ मुद्दा फछ्र्यौट भएको उच्च अदालत पोखरा बागलुङ इजलासका रजिस्ट्रार रामबहादुर थापाले जानकारी दिनुभयो ।

उच्च अदालत पोखरा बागलुङ इजलासले अघिल्लो वर्ष जिम्मेवारी सरेको मुद्दा सहित नयाँ ४३९ मुद्दा थपिएर ५०६ वटा मुद्दा हुने र त्यसको ६५ प्रतिशत अर्थात ३३१ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेको थियो।

मुद्दाको दर्ता संख्या नै कम भएकाले लक्ष्य अनुसार फछर्यौट हुने मुद्दाको संख्या पनि कम भएको उहाँले बताउनुभयो । ‘मुद्दाको संख्या कमी भएकाले फछ्र्यौट हुने मुद्दाको संख्यामा पनि कमी देखिएको छ, तर मुद्दा अनुसार फछ्र्यौट भएको मुद्दाको प्रतिशतमा चाँही हामी लक्ष्यभन्दा अगाडि नै छौं,’ उहाँले भन्नुभयो ।

गत आर्थिक वर्षमा कुल ३७१ मुद्दामध्ये ८९ मुद्दा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेको छ ।
यीमध्ये ६ महिनाभन्दा पुराना ७ मुद्दा र ६ महिना भित्रका ८२ मुद्दा रहेका छन् । पछिल्लो तीन आर्थिक वर्षमा उच्च अदालत पोखरा बागलुङ इजलासमा मुद्दा दर्ता हुने संख्या कम हुँदै गएको छ ।

उच्च अदालतमा आएको मुद्दाहरुमा मेलमिलापको संख्या भने निकै कम देखिएको छ । १८९ मुद्दा मेलमिलाप हुनसक्ने देखिएकोमा ७९ मुद्दा अदालत मेलमिमलापका लागि पठाएको थियो ।

उक्त मुद्दामध्ये जम्मा ७ थान मुद्दामा मात्रै सफलता हात लागेको अदालतले जनाएको छ । यो जम्मा ८.८६ प्रतिशत हो ।

उच्च अदालत पोखरा बागलुङ इजलासमा १४ जना मेलमिलापकर्ता दर्ता रहेका छन् । उच्च अदालत पोखरा बागलुङ इजलासमा फौजदारीतर्फ कर्तव्य ज्यान, जबरजस्ती करणी लगायतका मुद्दा बढि पुनरावेदन भएर आएका छन् ।

देवानीतर्फ सम्बन्ध विच्छेद, अंशबन्डा, चेक अनादर, जालसाजी लगायतका मुद्दामा पुनरावेदन भएका छन् । कार्यक्रममा उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य भइ काम गर्ने न्यायाधीस नातिबाबु लामिछानेले निर्वाचन लगायतका कारणले मुद्दा फैसलामा कमी आएको बताउनुभयो ।
वैशाख जेठ र असारमा आउने मुद्दाहरुमा अंग पुर्‍याउन बाँकी रहने भएकाले पनि अघिल्लो आर्थिक वर्षको मुद्दा जिम्मेवारी सरेर आउने गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा कुल ५२१ मुद्दा रहेकोमा ४५८ मुद्दा फछ्र्यौट भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा ४०३ मुद्दामध्ये ३३६ मुद्दा फछ्र्यौट भएको थियो । गत आर्थिक वर्ष २०८२/०८३ मा ३७१ मुद्दामध्ये २८२ फछ्र्यौट भएको छ ।

इजलासले जिम्मेवारी सरेका ८९ वटा र नयाँ दर्ता ३६८ गरी कुल ४५७ मुद्दा चालु आर्थिक वर्षमा कायम हुने र त्यसमध्ये ६६ प्रतिशत अर्थात ३०१ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखिएको जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

अलैँची खेतीले लत्ताएपछि किबी खेतीमा अग्रसर मात्रिका

बागलुङ–सुनौली स्तरीय बस सेवा सञ्चालनमा

दानबहादुरलाई कारबाही होइन, जिम्मेवारी हेरफेर गरिएको हो: प्रवक्ता पोखरेल

लोकप्रिय

ब्लु हिल निर्माणको काम तीव्र गतिमा (तस्विरहरु)

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

विपद् उद्धार सामग्री हस्तान्तरण

कालीगण्डकी नदीमा आएको बाढीले फर्सेको पुरानो बजार क्षणभरमै उजाडियो 

भर्खरै

अलैँची खेतीले लत्ताएपछि किबी खेतीमा अग्रसर मात्रिका

बागलुङ–सुनौली स्तरीय बस सेवा सञ्चालनमा

दानबहादुरलाई कारबाही होइन, जिम्मेवारी हेरफेर गरिएको हो: प्रवक्ता पोखरेल

प्रहरी महानिरिक्षकबाट दानबहादुर कार्की बर्खास्त

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki