बागलुङ, ५ चैत । नेपालकै लामो झोलुङ्गे पुललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्ने क्रममा लडेर युवतीको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका–१ रामरेखा देखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो पुलमा सेल्फी खिच्ने क्रममा लडेर १८ वर्षीया अप्सरा खातुनको घटनास्थलमै मृत्यु भएको पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
युवती भीरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको थियो । झोलुङ्गे पुलको पर्वत खण्ड नजिकैको नेपाल टेलिकमको बोर्डबाट पुलतर्फ सेल्फीखिच्ने क्रममा लडेर १०० मिटर तल झरेको थियो । प्रहरीले युवतीको शवलाई पोष्टमार्टमा लागि धौलागिरी अस्पताल बागलुङ पठाइएको छ ।
मृतक खातुन भारत घर भई हाल बागलुङ बजार बस्दै आउनुभएको थियो ।