Skip to content

follow us

baglungkhabar.tv

6th February 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

‘सरपराइज’ दिन आउँदै गरेकी सुनवार विमान दुर्घटनामा परिन्

  • BAGLUNGKHABAR
  • ३ माघ २०७९, मंगलवार १५:१२

बागलुङ, ३ माघ । बागलुङको गल्कोट नगरपालिका—२ नरेठाटी घर भएकी बन्दना सुनवार अमेरिकाबाट नेपाल आएको केही दिन मात्र भएको थियो ।

केही बर्षदेखि अमेरिका बस्दै आएकी बन्दना बिरामी भएर काठमाडौंको अस्पतालमा उपचाररत हजुरआमालाई भेट्नको लागि केही दिन अघि नेपाल आएकीहुन । बन्दना आइतबार बिहान पोखरामा रहेका आफन्त र साथीहरुलाइ भेट्नको लागि खबर नगरी ‘सरप्रराइज’ दिन यति एयरलाइन्सको जहाजमा पोखराको लागि उडेकी थिइन । तर, पोखरा नपुग्दै उनी चढेको विमान दुर्घटनामा पर्यो । पोखरामा पाइला राख्न नपाउँदै उनी संसारबाट बिदा भइन ।

उनीसहित ६८ यात्रु सवार रहेको यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरा विमानस्थलमा अवतरणका क्रममा सेती खोँचमा दुर्घटनाग्रस्त भयो । पुरानो एयरपोर्टको आकाश पुग्न १ मिनेट पनि नपुग्दै जहाज आकाशमै कोल्टियो र सेतीनदीको खोँचमा खसेको थियो ।

‘बन्दना नेपाल आएको छ भनेर हामीले त बल्ल आज (दुर्घटनाको दिन) थाहा पाएको हो, ऊ जहिले पनि सरप्राइजदिएर आउँछे,’ उनकी दिदी जेमी सुनारले आँशु पुछ्दै भनिन, ‘यो कस्तो सरप्राइज हो ।’

बन्दनाको मृत्युको खबरले उनको परिवार अहिले शोकमग्न भएको छ ।

यस्तै, आफ्नी बुहारीलाई जापान पठाउन काठमाडौं गएका बागलुङ नगरपालिका–४ कुडुँलेका शालिकराम आचार्य पनि घर फर्किने क्रममा अब कहिल्यै नफर्किने गरेर अस्ताएका छन । उनले शनिबार बुहारीलाई जापान पठाएर घर फर्किन पोखराको टिकट लिएका ५३ वर्षीय आचार्यको विमान दुर्घटनामा मृत्यु भएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

श्री जनकल्याण माध्यमिक विद्यालयमा निर्माणाधीन भवन(फोटोफिचर)

बाजुरामा गोली चल्दा एकको मृत्यु, केही घाइते

निर्वाचन आयोगले राति ७ः५० बजे पत्रकार सम्मेलन गर्ने

लोकप्रिय

सिगानामा टिपर दुर्घटना, चालकको मृत्यु

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

आजको मौसम पूर्वानुमान

चुनावी खर्च नबुझाउने बागलुङका उम्मेदवारहरु (नामावली सहित)

भर्खरै

रास्वपा सरकारबाट बाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट समर्थन फिर्ता नलिने

बेनीलाई कालीगण्डकीको कटानबाट जोगाउन पक्की पर्खाल निर्माण कार्य सुरु

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: [email protected]

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki