Skip to content

follow us

baglungkhabar.tv

28th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

‘सरपराइज’ दिन आउँदै गरेकी सुनवार विमान दुर्घटनामा परिन्

bk logo final png
  • BAGLUNGKHABAR
  • ३ माघ २०७९, मंगलवार १५:१२

बागलुङ, ३ माघ । बागलुङको गल्कोट नगरपालिका—२ नरेठाटी घर भएकी बन्दना सुनवार अमेरिकाबाट नेपाल आएको केही दिन मात्र भएको थियो ।

केही बर्षदेखि अमेरिका बस्दै आएकी बन्दना बिरामी भएर काठमाडौंको अस्पतालमा उपचाररत हजुरआमालाई भेट्नको लागि केही दिन अघि नेपाल आएकीहुन । बन्दना आइतबार बिहान पोखरामा रहेका आफन्त र साथीहरुलाइ भेट्नको लागि खबर नगरी ‘सरप्रराइज’ दिन यति एयरलाइन्सको जहाजमा पोखराको लागि उडेकी थिइन । तर, पोखरा नपुग्दै उनी चढेको विमान दुर्घटनामा पर्यो । पोखरामा पाइला राख्न नपाउँदै उनी संसारबाट बिदा भइन ।

उनीसहित ६८ यात्रु सवार रहेको यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरा विमानस्थलमा अवतरणका क्रममा सेती खोँचमा दुर्घटनाग्रस्त भयो । पुरानो एयरपोर्टको आकाश पुग्न १ मिनेट पनि नपुग्दै जहाज आकाशमै कोल्टियो र सेतीनदीको खोँचमा खसेको थियो ।

‘बन्दना नेपाल आएको छ भनेर हामीले त बल्ल आज (दुर्घटनाको दिन) थाहा पाएको हो, ऊ जहिले पनि सरप्राइजदिएर आउँछे,’ उनकी दिदी जेमी सुनारले आँशु पुछ्दै भनिन, ‘यो कस्तो सरप्राइज हो ।’

बन्दनाको मृत्युको खबरले उनको परिवार अहिले शोकमग्न भएको छ ।

यस्तै, आफ्नी बुहारीलाई जापान पठाउन काठमाडौं गएका बागलुङ नगरपालिका–४ कुडुँलेका शालिकराम आचार्य पनि घर फर्किने क्रममा अब कहिल्यै नफर्किने गरेर अस्ताएका छन । उनले शनिबार बुहारीलाई जापान पठाएर घर फर्किन पोखराको टिकट लिएका ५३ वर्षीय आचार्यको विमान दुर्घटनामा मृत्यु भएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विद्यार्थीलाई सम्मान तथा बधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki